कीर्तिपुर नगरपालिकाले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनायो

कीर्तिपुर नगरपालिकाले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनायो

मेट्रो संवाददाता

२५ फागुन २०७८ २३:४०

“सामाजिक न्याय र लैङ्गिक समानता : दिगो विकासको सुनिश्चितता” भन्ने मूल नाराका साथ यस वर्षको अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस कीर्तिपुरमा पनि मनाइएको छ । हरेक वर्ष झैं यस वर्ष पनि कीर्तिपुर नगरपालिकाको आयोजनमा ११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइएको हो । सो दिन कीर्तिपुर नगरपालिकाको भवन अगाडि जसिंगाः, बर्खाहितिमा जम्मा भई प्रभातफेरी कार्यक्रम सम्पन्न भएको थियो ।          

कीर्तिपुरका स्कुलहरू, विभिन्न संघसंस्थाहरू,  नेपाल प्रहरी तथा सर्वसाधारण  सहभागी भएको उक्त प्रभातफेरीले कीर्तिपुर चक्रपथ परिक्रमा गरेको थियो भने सहभागीहरूले विभिन्न प्लेकार्ड बोकी नारा लगाएका थिए ।                                               

कीर्तिपुर नगरपालिकाका उप–प्रमुख सरस्वती खड्काले उपस्थित सम्पूर्णलाई स्वागत गर्नुहुँदै ¥यालीको शुभारम्भ गर्नु भएको थियो । प्रभातफेरी अमल्सि (नयाँबजार), तःगःवपि, खाःसिबजार, सागल र समल हुँदै देवढोकाको ईन्द्रायणी खेल मैदानमा पुगी समापन भएको थियो ।        

समापन कार्यक्रममा सम्बोधन गर्नुहुँदै कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनले महिला  हिंसा महिलाले पनि गरिरहेको भए तापनि प्रायः महिलालाई पुरुषले हिंसा गर्ने भएकोले खाली नारामा मात्र सिमित नराखी सबै पुरुषहरूले “घरैबाट महिला हिंसा अन्त्य गरौं, आजैबाट महिला हिंसा अन्त्य गरौं” भनेर प्रतिवद्धता गर्नु पर्ने बताउनुभयो । नगर प्रमुख महर्जनले अरु क्षेत्रमा भन्दा कीर्तिपुर नगरपालिकाले महिलाको क्षेत्रमा उल्लेखनीय भूमिका निर्वाह गर्दै विभिन्न कार्यहरू गरिरहेकोसमेत  बताउनुभयो ।                                                           

कार्यक्रममा नगरपालिकाका वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र कार्की, लेखा शाखा प्रमुख प्रविणजङ्ग शाहीलगायत कर्मचारीहरूको समेत उपस्थिति रहेको थियो ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता