हाँडीगाउँको कोटाटोलमा कोटा गुठी भवनको उद्घाटन

हाँडीगाउँको कोटाटोलमा कोटा गुठी भवनको उद्घाटन

मेट्रो संवाददाता

२७ फागुन २०७८ १५:२७

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष पूर्व उपप्रधानमन्त्री संघीय संसद सदस्य ईश्वर पोखरेल र काठमाडाैं महानगरका मेयर विद्यासुन्दर शाक्यले शुक्रबार काेटागुठी घरकाे संयुक्त रुपमा उद्घाटन गर्नुभएको छ ।

आफ्नो क्षेत्र भित्रका सबै सम्पदाकाे संरक्षण तथा पुनर्निर्माण गर्ने योजनाअनुसार नै काठमाडौं महानगरपालिकाले ५ वडाको काेटाटाेलमा रहेकाे पुरातात्विक गुठीघरकाे पुनर्निर्माण गराइएको हो ।

‘समुदायको अस्तित्व बचाउन संस्कृति बचाउनु पर्छ । हतियारले समुदायको अस्तित्व समाप्त हुँदैन । संस्कृतिको विनाश भयाे भने समुदायकाे अस्तित्व नै समाप्त हुन्छ’, उद्घाटन कार्यक्रममा पूर्व उपप्रधानमन्त्री पोखरेलले भन्नुभयाे ।

मन्तब्य राख्नेक्रममा मेयर शाक्यले महानगरभित्रका पुननिर्माण गरिएका कुनै पनि सम्पदाको मौलिकता नबिगारिएको बताउनुभयो । ‘सम्पदाको मौलिकता विगार्नु हुँदैन । आवश्यकता आधारमा सुधार गर्न सकिन्छ । हामीले कार्यकालको सुरुदेखि भन्दै आएका हौँ । यसै अनुसार काम पनि गर्दै आएका छौँ ।’

‘सम्पदा पुननिर्माण जस्ता काम थालनी जहिले पनि गर्न सकिन्छ । यसलाई यो वा त्यो वहानामा रोक्नु पर्दैन ।’ मेयर शाक्यले भन्नुभयो, ‘सम्पदा पुननिर्माण गर्न, संस्कार, संस्कृति र परम्परालाई बचाउन महानगर आफैँले पैसा खर्च गर्न सक्छ । कसैसँग माग्नु पर्दैन ।’

वडाले मोक्ष गुठीको पुननिर्माण अन्तिम चरणमा पु¥याएको छ । कार्यक्रममा वडाध्यक्ष रमेश डंगोलले भन्नुभयो, ‘यसका लागि वडाबाट ५१ लाख रुपैयाँ छुट््याएका थियौँ । यो गुठी हाँडीगाउँ द्य छेँभित्र छ ।

कोटा गुठी ४६ लाख रुपैयाँ लागतमा पुननिर्माण भएको हो । यो २ तले छ । उपभोक्ता समितिका अध्यक्ष शुभनारायण डंगालले, महानगरको सहयोगबाट गुठीलाई ठूलो उपलब्धी हासिल भएको बताउनुभयो ।

आज कोटा गुठी भवनको उद्घाटन भएको छ । काठमाढौं महानगरको वडा नं. ५ कोटाटोलमा पुननिर्माण भएको गुठी घर ने त्यस अवसरमा वडाध्यक्ष रमेश डंगोल, वडा सदस्यहरु, उपभोक्ता समितिका पदाधिकारीहरु तथा स्थानीय उपस्थित हुनुहुन्थ्यो ।

हाँडी गाउँमा बसोबास गर्ने नेवार समुदायको व्यक्तिको मृत्यु हुँदा अन्तिम संस्कार गर्ने ८ वटा च्या गुठी छन् । तीमध्ये कोटा गुठी एक हो । यस गुठीमा डंगोल र महर्जन परिवारका १६ गुठीयार हुनुहुन्छ । हाँडीगाउँका यी गुठीहरुलाई लिच्छवीकालीन मानिन्छ । कोटा गुठीमा यमरी पुन्हीको अघिल्लो दिन विशेष पूजा गरिन्छ ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता