मेट्रो संवाददाता
४ चैत २०७८ १८:५९

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले ७ फिट अग्लो शाक्यमुनि वुद्धको मूर्ति अनावरण गर्नुभएको छ ।
विश्वसमपदामा सूचीकृत स्वयम्भू परिसरमा श्रद्धेय भिक्षु धम्मालाेक महास्थविरद्वारा वि.सं. १९९९ मा स्थापित बुद्ध जन्मभूमि नेपालकाे पुनर्जागरित थेरवाद बुद्धशासनकाे प्रथम एेतिहासिक आनन्द कुटी विहारलाई वि.सं. २०७२ सालकाे महाभूकम्पले पूर्णतः क्षति पुर्याएकाे थियाे ।
विहारका कार्यवाहक प्रमुख सचिव भिक्षु धर्ममूर्ति महास्थविरकाे संयाेजकत्वमा काठमाडाैं महानगरपालिकाकाे करिव १ करोड १० लाख रुपैयाँ आर्थिक सहयाेगबाट उक्त बुद्ध-प्रतिमाकाे स्थापना एवं कलात्मक सजावट निर्माण कार्य सम्पन्न भएकाे हाे ।

बुद्धपूजा धम्मागारभित्र स्थापित बुद्धमूर्तिकाे विधिवत् रूपमा भएकाे अनावरणपछि आफ्नाे मन्तब्य राख्नेक्रममा मेयर शाक्यले बुद्ध जन्मेको देशमा बुद्धसँग सम्बन्धित काम गर्न राज्यकोतर्फबाट महानगरले लगानी गरिरहेको बताउनुभयो ।

‘नेपालमा विहार बनाउन अरु देशले लगानी गरेका छन् । त्योभन्दा धेरै लगानी हामी आफैँले गर्नुपर्छ । काठमाडौँ महानगरले लुम्बिनीमा नेपाली शैलीको महाविहार निर्माण गरेको छ ।’, उहाँले भन्नुभयाे, ‘महानगरकै वडा १० को अन्तरराष्ट्रिय बौद्ध भावना केन्द्रमा धम्महल भवन निर्माण गरेको छ । वडा २८ मा वुद्ध विहार र वडा २५ को धर्मकीर्ति महाविहारको विस्तार भवन निर्माण सम्पन्न भएको छ । वडा ५ मा नरबुद्ध विहार निर्माण भइरहेको छ ।’

भगिनी सम्बन्ध भएको रामग्राम नगरको पण्डितपुरमा शान्ति कोलियग्राम पार्क निर्माण भइरहेको अवगत गराउँदै मेयर शाक्यले भन्नुभयो, ‘सरकारी पैसा खर्च गर्न कानूनले तोकेका प्रक्रिया र मापदण्ड पूरा गर्नुपर्छ । यसको परिधिमा बसेर हामीले वुद्ध दर्शन प्रवर्धनका लागि लगानी गरिरहेका छौँ ।’
विश्व सम्पदा क्षेत्रमा रहेको स्वयम्भू क्षेत्रमा महानगरले निर्माण गरेको वुद्ध मूर्तिका कारण महानगरको गौरव अझ बढेको छ । मूर्ति अनावरणपछिको प्रतिक्रियामा वडा १५ का अध्यक्ष एवं महानगरका प्रवक्ता ईश्वरमान डंगोलले भन्नुभयो, ‘पहिले सानो मूर्ति थियो । हामीले यसलाई ठूलोबाट प्रतिस्थापन गरेका हौँ ।’
RECOMENDED News
Latest News
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


