मेयर शाक्यबाट वडा १४ कार्यालय भवन उद्घाटन

मेयर शाक्यबाट वडा १४ कार्यालय भवन उद्घाटन

मेट्रो संवाददाता

५ चैत २०७८ २:२७

काठमाडौँ महानगरका मेयर बिद्यासुन्दर शाक्यले वडा नं. १४ को कार्यालय भवन उद्घाटन गर्नुभएको छ । बल्खुस्थित भुवनेश्वरी मन्दिरको दक्षिणतर्फको २५३.२४ बर्गमिटर (करिब ८ आना) जग्गामा भवन निर्माण नयाँ भवन निर्माण भएको छ । भवन बनाउन २०७६ बैशाख ४ गते मयर शाक्यले शिलान्यास गर्नुभएको थियो । यस अघि घर भाडामा लिएर कार्यालय सञ्चालन हुँदै आएको थियो । ५ करोड ५२ लाख ७२ हजार ४८१ रुपैयाँ ३५ पैसा अनुमान गरिएको भवन निर्माणका लागि ४ करोड ३४ लाख ३३ हजार ६९२ रुपैयाँ ९० पैसा कबोल गर्ने ठेक्केदार छनौटमा परेको थियो ।

उद्घाटनपछि बोल्दै मेयर शाक्यले सुविधा सम्पन्न भौतिक संरचनाबाट मात्र गुणस्तरीय सेवा दिन सकिने भएकोले आफूहरु निर्वाचित भएर आएपछि सबै वडाको आफ्नै भवन बनाउने नीतिअनुरुप काम गरेको बताउनुभयो । ‘महानगरको हरिभवनलाई पुननिर्माण गरेर केन्द्रीय भवन बनाउन नीति बनायौँ । बजेटको व्यवस्था ग¥यौँ तर गलत नियत राख्ने केही व्यक्तिहरुका विरोधका कारण काममा अवरोध भयो ।’ शाक्यले भन्नुभयो, ‘हामीले बल गरेर कुनै काममा पनि जोड गरेनौँ । विवाद सिर्जना भएपछि उहाँहरुसँग उपयुक्त विकल्प मागेका थियौँ । विकल्प पनि नदिने, कामको पनि विरोध गर्ने प्रवृत्तिले हरिभवन बन्न सकेन । जग्गा भएका ठाउँमा वडा कार्यालय बनायौँ । संरचना थप गर्दा हुने ठाउँको स्तरउन्नति ग¥यौँ ।’

कार्यक्रममा उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले, वडा कार्यालय निर्माण गरेपछि चुस्त सेवाको सुनिश्चित भएको बताउनुभयो । ‘भौतिक पूर्वाधार सम्पन्न भएपछि अब कर्मचारीले सोहीअनुरुप तुरुन्त सेवा दिने गरी आफूलाई तयार पार्नुपर्छ । यसले पूर्वाधारमा सम्पन्न वडाको महत्व पुष्टि गर्छ ।’ उपमेयर खड्गी श्रेष्ठले धारणा राख्नुभयो ।

यसअघि भाडाको घरमा जनप्रतिनिधि र कर्मचारी एउटै कोठामा बसेर सेवा दिनु पर्ने अवस्थाबाट सुविधा सम्पन्न आफ्नै भवनमा आएका छौँ । त्यसबेला नागरिकलाई एकछिन आराम गराउन पनि सकिने अवस्था थिएन । कार्यक्रममा धारणा राख्दै वडाध्यक्ष शोभा सापकोटाले, पर्याप्त ठाउँसहितको नयाँ वडा भवन प्राप्त हुनु वडाबासीका लागि हर्षको विषय भएको उल्लेख गर्नुभयो ।

त्यस अवसरमा वडाध्यक्षहरु नीलकाजी शाक्य, धु्रवनारायण मानन्धर, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु तथा जनसाधारण सहभागी हुनुहुन्थ्यो ।

साढे ४ तलाको नवनिर्मित वडा भवनको कुल क्षेत्रफल ११ हजार ८२ दशमलब ८ बर्गफिट छ । यसमध्ये भूमिगत तलाको क्षेत्रफल १९१९.७९ बर्ग फिट छ । यहाँ ३० वटा मोटरसाइकल पार्किङ् गर्न सकिन्छ । भुइँ तलाको क्षेत्रफल १७८९.०८ बर्गफिट छ । आरसीसी फ्रेम स्क्ट्रक्चरमा निर्माण हुने भवनमा लिफ्ट जडानको काम बाँकी छ । यस अघि छुट्टै ठाउँबाट सञ्चालन भइरहेको वडा क्लिनिक पनि यहीँबाट सञ्चालन गरिनेछ ।

यो अपाङ्गमैत्री भवन हो । हरेक तलामा महिला र पुरुषका लागि छुट्टाछुट्टै शौचालयको व्यवस्था गरिएको छ । भवनमा दर्ता चलानी गर्ने ठाउँ, वडा क्लिनिक, कर्मचारी र जनप्रतिनिधिका लागि छुट्टा—छुट्टै र व्यवस्थित कार्यकक्ष, बैठक कक्ष, पुस्तकालय, प्राबिधिक कक्ष, सहजकर्ता कक्ष छन् ।

महानगरले वडा नं. ३, ४, ९, १४, १८ र २६ गरी ६ वटा नयाँ वडा कार्यालय निर्माण सम्पन्न गरेको छ । यसैगरी वडा २, ६, १२, १६, २०, २१, २२, २७ र ३१ गरी ९ वटा वडा कार्यालय भवन निर्माणाधीन तथा सम्पन्न हुने चरणमा छन् । वडा ६, ७, १०, ११, १५ र ३२ गरी ६ वटा वडाहरुको स्तरोन्नति गरेर व्यवस्थित गरिएको छ । जग्गा प्राप्ति तथा भवन खरिदमा कानुनी प्रक्रियाका कारण वडा केही वडा भवन व्यवस्थापनमा महानगरले असजिलो भोगिरहेको छ ।

तरकारी–फलफूल थोक बजार संस्थामा कार्यसमिति निर्बिरोध चयन

काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा अवस्थित केन्द्रिय तरकारी–फलफूल बजारका व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाको ३१औँ वार्षिक साधारण...

३ मंसिर २०८२ १२:४२ |मेट्रो संवाददाता

वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका

काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...

६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता

नेवार र तीज : सांस्कृतिक अनुकूलन, मिडिया प्रभाव र पहिचानको प्रश्न

तीज नेपालमा प्रचलित महिला–केन्द्रित पर्व हो, जसमा शिव–पार्वतीको विवाहकथा, व्रत, र गीत–नृत्य मुख्य अंग छन्। परम्परागत रूपमा यो बाहुन–क्षेत्री...

२६ साउन २०८२ १४:२९ |मेट्रो संवाददाता