मेट्रो संवाददाता
१० चैत २०७८ २०:४०

आज काठमाडौँ महानगरका मेयर विद्यासुन्दर शाक्यले वडा २२ कार्यालयको भवन उद्घाटन गर्नुभएको छ । संकटा टेवहालमा भएको यो भवनमा लिफ्ट सुविधा पनि छ । वडा कार्यालयहरु यो नै पहिलो लिफ्ट जडित कार्यालय हो । काठमाडौँ महानगरले नवनिर्माण गरेका सबै वडा कार्यालय भवनमा लिफ्ट जडान गर्ने योजना छ तर जडान भएको चाहिँ वडा २२ नै पहिलो हो । भवन निर्माण गर्न हिराकाजीबाट जग्गा प्राप्त भएकोले भवनको नाम हिराकाजी स्मृति भवन राखिएको छ ।
भवन निर्माणका लागि २०७७ असोज १९ गते शिलान्यास भएको थियो ।
भवन उद्घाटनपछि बोल्दै मेयर शाक्यले, सरकारको सेवा केन्द्रहरु व्यवस्थित गर्ने क्रममा काठमाडौँ महानगरले विवाद नभएका र भवन निर्माण गर्न बाधा नभएका वडाहरुको नवनिर्माण गरेको बताउनुभयो । ‘चुस्त, दुरुस्त र सेवाग्राहीमैत्री सेवा प्रवाहका लागि हामी निर्वाचित भएर आउने वित्तिकै महानगरका सबै कार्यालय भवन बनाउने निर्णय गरेका थियौँ । त्यो निर्णय कार्यान्वयनमा धेरै सफलता प्राप्त भएको छ । कतिपय वडाहरुमा जग्गा वा भवन प्राप्तिको विवादका कारण नवनिर्माण सम्भव भएको छैन । कतिपय वडाहरुलाई स्तरोन्नति गरेर सुधार गरेका छौँ ।’ मेयर शाक्यले भन्नुभयो, ‘काम गर्न वाधा गर्ने नियतले अदालत र अख्तियारमा उजुरी दिने केही प्रवृत्तिले हामीले हाम्रो पूर्ण क्षमतामा काम गर्नै पाएनौँ । हामीसँग योभन्दा धेरै परिणाम आउने गरी काम गर्ने क्षमता थियो, स्रोत थियो ।’
त्यस क्रममा उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले, आफू निर्वाचित भएपछि गरेका कामहरुमध्ये वडा कार्यालय भवन निर्माण गर्ने महत्वपूर्ण भएको उल्लेख गर्नुभयो । ‘जनताका आधारभूत र अति आवश्यक सेवा लिने व्यवस्थित भएपछि स्थानीय तहलाई प्राप्त अधिकार कार्यान्वयनमा पनि क्षमता बढ्छ । यो पालिकाको दायित्व हो । हामीले दायित्व निर्वाह गर्दै गएका छौँ ।’ खड्गी श्रेष्ठले थप्दै भन्नुभयो, ‘स्थानीय सरकार गठन भएपछिको पहिलो कार्यकाल भएकोले यसका धेरै चुनौती पनि थिए । अहिले हामीले प्रणालीमा लयमा ल्याएका छौँ ।’
हामीले नेपालकै पहिलो लिफ्टसहितको सुविधा सम्पन्न वडा पाएका छौँ । वडाध्यक्ष चिनीकाजी महर्जनले भन्नुभयो, ‘जनप्रतिनिधि र स्थानीयबासीका लागि यो गौरवको विषय हो । जनताका आवश्यकतालाई अब हामी अझै चुस्त बनाउन सक्छौँ ।’
भवन ३ करोड २० लाख १४ हजार २१४ रुपैयाँ ८७ पैसामा निर्माण भएको हो । ४ करोड १९ लाख ७३ हजार २३३ रुपैयाँ १८ पैसा लगत इष्टिमेट भएको भवन निर्माण कार्यका लागि भएको प्रतिस्पर्धामा के एण्ड के. जी. रमिता कन्स्ट्रक्सन प्रा. लि. कम रकम कबोल गरेर निर्माणको जिम्मा पाएको थियो । गएको २०७८ असार मसान्तसम्ममा निर्माण सम्पन्न गरिसक्ने लक्ष्यअनुसार निर्माण थालिएको थियो । कोविडलगायतका कारण निर्माण सम्पन्न गर्न केही ढिला भएको थियो ।
६ हजार ३१६ स्क्वायर फिट क्षेत्रफल भएको ६ तले वडा भवनमा भवन ६ जना व्यक्ति अट्ने लिफ्ट सुविधा छ । पाँचौं तलासम्म भवनका हरेक तलामा ४ वटा कोठा छन् भने माथिल्लो तलामा बैठक कक्ष छ ।
महानगरले वडा नं. ३, ४, ९, १४, १८ र २६ गरी ६ वटा नयाँ वडा कार्यालय निर्माण सम्पन्न गरेको छ । यसैगरी वडा २, ६, १२, १६, २०, २१, २२, २७ र ३१ गरी ९ वटा वडा कार्यालय भवन निर्माणाधीन तथा सम्पन्न हुने चरणमा छन् । वडा ६, ७, १०, ११, १५ र ३२ गरी ६ वटा वडाहरुको स्तरोन्नति गरेर व्यवस्थित गरिएको छ । जग्गा प्राप्ति तथा भवन खरिदमा कानुनी प्रक्रियाका कारण वडा केही वडा भवन व्यवस्थापनमा महानगरले असजिलो भोगिरहेको छ ।
RECOMENDED News
Latest News
Pinco Online Kazino Azərbaycanda – Sürətli Ödənişlər və Çıxarışlar (Пинко Казино Онлайн)
Pinco Online Kazino Azərbaycanda – Sürətli Ödənişlər və Çıxarışlar (Пинко Казино Онлайн) ▶️ OYNA Содержимое Pinco Casino Azərbaycanda Pinco...
२९ जेठ २०८३ २३:१४ |मेट्रो संवाददाता
तरकारी–फलफूल थोक बजार संस्थामा कार्यसमिति निर्बिरोध चयन
काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा अवस्थित केन्द्रिय तरकारी–फलफूल बजारका व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाको ३१औँ वार्षिक साधारण...
३ मंसिर २०८२ १२:४२ |मेट्रो संवाददाता
वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका
काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...
६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता
नेवार र तीज : सांस्कृतिक अनुकूलन, मिडिया प्रभाव र पहिचानको प्रश्न
तीज नेपालमा प्रचलित महिला–केन्द्रित पर्व हो, जसमा शिव–पार्वतीको विवाहकथा, व्रत, र गीत–नृत्य मुख्य अंग छन्। परम्परागत रूपमा यो बाहुन–क्षेत्री...


