मेट्रो संवाददाता
१९ चैत २०७८ १२:५२

काठमाडाैं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य सम्मानित हुनुभएकाे छ । शनिबार शाक्य महाविहार संघबाट क्षेत्रपाटी पार्टी प्यालेसमा उहाँ सम्मानित हुनुभएकाे हाे ।
काठमाडाैं महानगरपालिकाका एेतिहासिक, पुरातात्विक, वास्तुकलात्मक, धार्मिक, साँस्कृतिक, प्राकृतिक तवरले महत्वपूर्ण बहाः,बही, मठ, देगल, सतल, फल्चा जस्ता मूर्त सम्पदाकाे पुनर्निर्माणमा अनवरत पहल कदमीका साथ सहयाेग गर्नुभएकाेले संघकाे छैठाैं साधारण सभा तथा दाेस्राे महाधिवेशनकाे अवसरमा मेयर शाक्यलाई सम्मानित गरिएकाे हाे ।
काठमाडाैं उपत्यकाका अमूर्त संस्कृतिकाे संरक्षण, सम्बर्द्धनसँगै यहाँकाे माैलिक शीप, कला, परम्पालाई जीवन्त पार्न गर्नुभएकाे याेगदानकाे कदर स्वरूप आज उहाँ सम्मानित हुनभएकाे हाे ।

सम्मानपश्चात आफ्नाे मन्तब्य राख्नेक्रममा मेयर शाक्यले काठमाडाैंकाे भाषा, संस्कृति, सम्पदा हामिले जगेर्ना नगरे कसले गर्ने भन्ने प्रश्नकासाथ उहाँले भन्नुभयाे, ‘यहाँका मूर्त, अमूर्त सम्पदा, संस्कृतिहरूकाे संरक्षण तथा प्रवर्द्धन अब महानगरपालिकाले निरन्तर गर्नेमा काठमाडाैंबासी ढुक्क भइसकेका छन् ।’
‘जतिपनि बनाउँछु भनेका थियाैं सबैजसाे अन्तिम चरणमा छन् र कुनै एकाध कार्यमात्रकाे शुभारम्भ भएकाे छ’, उहाँले भन्नुभयाे ।
काठमाडाैं महानगरपालिकाले गरेकाे कार्यले गर्दा छिमेकी नगरपालिकाहरूलाई समेत दवाद बढेकाे उहाँले बताउनुभयाे । अरू नगरपालिकाले आफ्नाे क्षेत्रका सम्पदा, धार्मिकस्थल, पार्क, देवल बनाउन काठमाडाैं महानगरपालिकासँग सहकार्य गरेकाे बताउनुभयाे ।
काठमाडाैं महानगरपालिकाले २५ हजारबाट सुरू गरेकाे गुँला बाजालाई हालै २ लाख सहयाेग पुर्याएकाे बताउनुहुँदै मेयर शाक्यले नाैतल्ले चीन सरकार, गद्दी बैठक अमेरिकाबाट यावत् नेपाललाई चिनाउने राष्ट्रिय धराेहरहरू विदेशीले बनाइरहँदा महानगरले १८ कराेडमा काष्ठमण्डप बनाएकाे बताउनुभयाे ।
‘विदेशी दातृनिकायसँग हात फैलाउने प्रचलनलाइ ताेडेर महानगरपालिकाले आफ्ना क्षेत्रका सबै सम्पदाले भरिएकाे मठ, मन्दिर, पाटी, पाैवा, बहाः, बही, गुथिघर, देवघर लगायत हरेक गुथिलाइ वार्षिक १ लाख बजेट सहयाेग गरिरहेका छाैं’, मेयर शाक्यले भन्नुभयाे ।
उक्त कार्यक्रममा बागमती प्रदेश सभाका सदस्य एवं पूर्व कानुन मन्त्री अजयक्रान्ती शाक्य, गुठी संस्थानका किरण शाक्य, लुम्बिनी विकास काेषका सदस्य सचिव सानुराजा शाक्य, २५ वडाका अध्यक्ष एवं नेपाली कांग्रेशका महानगर समितिका सभापति नीलकाजी शाक्यलगायतका विशेष उपस्थिति थियाे ।

RECOMENDED News
Latest News
Pinco Online Kazino Azərbaycanda – Sürətli Ödənişlər və Çıxarışlar (Пинко Казино Онлайн)
Pinco Online Kazino Azərbaycanda – Sürətli Ödənişlər və Çıxarışlar (Пинко Казино Онлайн) ▶️ OYNA Содержимое Pinco Casino Azərbaycanda Pinco...
२९ जेठ २०८३ २३:१४ |मेट्रो संवाददाता
तरकारी–फलफूल थोक बजार संस्थामा कार्यसमिति निर्बिरोध चयन
काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा अवस्थित केन्द्रिय तरकारी–फलफूल बजारका व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाको ३१औँ वार्षिक साधारण...
३ मंसिर २०८२ १२:४२ |मेट्रो संवाददाता
वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका
काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...
६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता
नेवार र तीज : सांस्कृतिक अनुकूलन, मिडिया प्रभाव र पहिचानको प्रश्न
तीज नेपालमा प्रचलित महिला–केन्द्रित पर्व हो, जसमा शिव–पार्वतीको विवाहकथा, व्रत, र गीत–नृत्य मुख्य अंग छन्। परम्परागत रूपमा यो बाहुन–क्षेत्री...


