न्यूरोडमा फोर नाइन बागलुङ ज्वेलर्सको औपचारिक शुभारम्भ

न्यूरोडमा फोर नाइन बागलुङ ज्वेलर्सको औपचारिक शुभारम्भ

मेट्रो संवाददाता

१ वैशाख २०७९ १८:००

पसल शुभारम्भको अवसरमा छुटको सुविधा

काठमाडौंको मुख्य व्यापारिक केन्द्र न्यूरोड फोर नाइन बागलुङ ज्वेलर्सको औपचारिक शुभारम्भ गरिएको छ ।

आज नयाँ वर्षको अवसर पारेर न्यूरोडको महर्जन कम्प्लेक्समा फोर नाइन बागलुङ ज्वेलर्सको औपचारिक उद्घाटन गरिएको हो ।

फोर नाइन बागलुङ ज्वेलर्सका प्रोपाइटर अमिर सुनारका पिता साथै चितवन नारायणगढस्थित बागलुङ ज्वेलर्सका संचालक टिकाराम सुनारले रिवन काटेर पसलको समुद्घाटन गर्नुभयो ।

आज विहान विधिवत् पूजाआजा पछि रिवन काटेर पसलको समुद्घान गरिएको थियो । यस गहना पसलबाट केही समय अगाडी नै सेवा शुरु भइसकेको भएपनि औपचारिक उद्घाटन भने बाँकि थियो । आज नयाँ वर्षको शुभ दिन पारेर पसलको औपचारिक उद्घाटन गरिएको हो ।

शुद्धता हाम्रा प्रतिवद्धता नारा दिइएको यस पसलबाट गरगहना साथै अन्य सामग्री खरिद गर्दा २४ क्यारेटको शुद्ध सुन पाइने दावी गरिएको छ । ‘हाम्रो सेवामा शुद्धतालाई प्राथमिकतामा राखेका छौं । नाफा थोरै मात्र खाउँला, विस्तारै खाउँला । शुद्धतामा हामी सम्झौता गर्नेछैनौं । शुद्धताको पहिचान दिन नै पसलको नाम समेत फोर नाइन भनेरै राखेको हो’ सुनारले भन्नुभयो ।

२९ वर्षीय ज्वेलरी व्यवसायी सुनारले यस अघि चितवनमा बागलुङ ज्वेलर्सको शुरुवात गरेका थिए । सो समयमा अपेक्षा अनुसार व्यवसाय अगाडी बढ्न नसकेपछि उनी कतार पुगेका थिए ।

कतारमा १६ महिना सुरक्षा गार्डको काम गरी नेपाल फर्केर बागलुङ ज्वेलर्सलाई पनि नयाँ ढङ्गले अगाडी बढाएका थिए भने चितवनमै फोर नाइन बागलुङ ज्वेलर्सकै नामबाट ज्वेलरी पसल शुरु गरेका थिए । काठमाडौंमा व्यवसायको विस्तार गर्ने क्रममा सुनारले न्यूरोडको महर्जन कम्प्लेक्समा फोर नाइन बागलुङ ज्वेलर्सको शुरुवात गरेका हुन् ।

अब विदेशमा सिकेको ज्ञान र अनुभवलाई आफ्नै मातृभुमिमा सदुपयोग गर्दै देशको अर्थतन्त्रमा टेवा पु¥याउनुका साथै रोजगारीको अवसर श्रृजना गर्ने आफ्नो उद्देश्य रहेको सुनारले बताए । ‘विदेशी भूमिमा जीवनलाई बुझियो, जीवन जिउन सिकियो । विदेशमा सिकियो, अब देशलाई दिने हो । नेपालमै अवसरको श्रृजना गर्ने र देश विकासमा केही योगदान दिनको लागि काम गर्नेछु’ सुनारको भनाई हो ।


पसलको शुभारम्भको अवसरमा ज्यालामा ५० प्रतिशत छुटको सुविधा दिइएको छ । यो छुटको सुविधा आउँदो वैसाख १५ गतेसम्म लिन सकिने प्रोप्राइटर अमीर सुनारले जानकारी दिनुभयो ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता