मेट्रो संवाददाता
१६ वैशाख २०७९ १८:१७

नेकपा माओवादी केन्द्रका तर्फबाट काठमाडौँ महानगरपालिका वडा–१३ को वडाध्यक्षको उम्मेदवार बन्नुभएका रामशरण डंगोल नेकपा (एमाले) प्रवेश गर्नुभएको छ । उहाँलाई नेकपा (एमाले)को तर्फबाट काठमाडौँ महानगरपालिकाको मेयरका उम्मेदवार केशव स्थापितले टिका लगाएर एमाले प्रवेश गाराउनु भएको हो ।
पार्टी प्रवेशसँगै एक विज्ञप्ति जारी गर्दै नेकपा माओवादीले गठबन्धनका नाममा उम्मेदवार चयनमा नातावाद, कृपावादलाई मात्रै प्राथमिकता दिएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । ‘म २०४३ सालदेखि निरन्तर वामपन्थी आन्दोलनमा सक्रिय रहँदै आएको र वामपन्थी आन्दोलनको माध्ययमबाट मात्रै मुलुक समृद्ध बनाउन सकिन्छ भन्ने दृढ अठोट बोकेको व्यक्ति हुँ,’ उहाँले जारी गरेको विज्ञप्तिमा भनिएको छ,’ ‘मेरो जीवनका महत्वपूर्ण र उर्जाशील समय मैले वामपन्थी आन्दोलनमै सक्रिय भएर विताएको स्मरण गराउँन चाहन्छु ।’ उहाँले जारी गरेको विज्ञप्तिमा ०६२–०६३ देखि तत्कालिन नेकपा माओवादी केन्द्रमा सक्रिय रहँदै आएको मैले माओवादी केन्द्रमा रहँदा जिल्ला कमिटी सदस्य र काठमाडौँ महानगर कमिटीको महत्वपूर्ण जिम्मेवारी सम्हालेको पनि स्मरण गराउनु भएको छ ।
‘यहि वैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनका लागि मेरो पार्टीप्रतिको योगदान, मेरो सक्रियता र मेरा वडावासीको अपार स्नेहलाई सम्मान गर्दै वडाध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गरेको थिएँ,’ उहाँले भन्नुभएको छ, ‘नेकपा (एमाले)ले अनुभवी र युवा पुस्ताको संयोजनसहित उम्मेदवार चयन गर्दै गर्दा पाँच दलीय गठबन्धनले भने गठबन्धनका नाममा काठमाडौँ महानगरपालिका मात्रै होइन अन्य विभिन्न पालिका र वडाहरुमा पनि उम्मेदवार चयन गर्दा नातावाद, कृपावादलाई प्राथमिकता दिएको छ ।’
उहाँले नातावाद र कृपावादलाई प्राथमिकता दिदाँ पार्टीमा लामो योगदान गरेका कार्यकर्ता पाखा परेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । ‘मैले यस्तो कार्यको सुरुदेखि नै विरोध गर्दै आएको थिएँ,’ उहाँले भन्नुभयो, ‘गठबन्धनका नाममा हामी जस्ता पार्टीमा योगदान गरेका व्यक्तिलाई पाखा पार्ने गलत नियतका साथ म उम्मेदवार बनेको काठमाडौँ महानगरपालिका वडा–१३ बाट नेपाली काँग्रेसको उम्मेदवार बनाउने काम भयो ।’
उहाँले सबै भन्दा बढी मतदाता भएको र वडामा लोकप्रिय व्यक्तिलाई टिकट दिने भन्ने गठबन्धनको सहमति समेत लत्याउँदै आफ्ना विरुद्धमा अर्को अध्यक्षको उम्मेदवार खडा गरेपछि आफूले राजिनामा दिएको उहाँको भनाई छ । ‘मैले आज मेरो वडाध्यक्ष पदको उम्मेदवारी फिर्ता लिदैँ नेकपा (एमाले)को तर्फबाट उम्मेदवार बन्नुभएका कमरेड धु्रर्वनारायण मानन्धरलाई समर्थन गर्ने गरी नेकपा माओवादी केन्द्रका सबै जिम्मेवारीबाट अलग भई नेकपा (एमाले) प्रवेश गरेको जानकारी गराउँछु,’ उहाँले भन्नुभयो, ‘मेरो राजनीतिको सुरुवाती चरणमा काम गरेको पार्टी नेकपा (एमाले)मा आज करीब १८ वर्षपछि फर्किदैँ गर्दा म अत्यन्त उत्साहित मात्रै भएको छैन ।
समकालिन राजनीतिका चर्चित व्यक्तित्व कमरेड केपी शर्मा ओलीले नेतृत्व गर्नुभएको पार्टीमा रहेर आगामी दिनमा ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा साकार पार्ने महाअभियानमा निरन्तर लाग्ने प्रण गर्दछु ।’ उहाँले त्यो आकाङ्क्षालाई उदेश्य वा गन्तव्यको रुपमा ग्रहण गरेर अघि बढ्ने आफ्नो पहिलो दायित्व रहने पनि उहाँले बताउनुभयो ।
RECOMENDED News
Latest News
Pinco Online Kazino Azərbaycanda – Sürətli Ödənişlər və Çıxarışlar (Пинко Казино Онлайн)
Pinco Online Kazino Azərbaycanda – Sürətli Ödənişlər və Çıxarışlar (Пинко Казино Онлайн) ▶️ OYNA Содержимое Pinco Casino Azərbaycanda Pinco...
२९ जेठ २०८३ २३:१४ |मेट्रो संवाददाता
तरकारी–फलफूल थोक बजार संस्थामा कार्यसमिति निर्बिरोध चयन
काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा अवस्थित केन्द्रिय तरकारी–फलफूल बजारका व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाको ३१औँ वार्षिक साधारण...
३ मंसिर २०८२ १२:४२ |मेट्रो संवाददाता
वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका
काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...
६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता
नेवार र तीज : सांस्कृतिक अनुकूलन, मिडिया प्रभाव र पहिचानको प्रश्न
तीज नेपालमा प्रचलित महिला–केन्द्रित पर्व हो, जसमा शिव–पार्वतीको विवाहकथा, व्रत, र गीत–नृत्य मुख्य अंग छन्। परम्परागत रूपमा यो बाहुन–क्षेत्री...


