मेट्रो संवाददाता
१९ वैशाख २०७९ २१:००

गठबन्धनको तर्फबाट काठमाडौँ महानगरपालिका प्रमुखको उम्मेदवार सिर्जना सिंहले युवालाई उद्यमी बनाउने आफ्नो चाहना भएको बताउनुभएको छ ।
काठमाडौँ महानगरपालिका–१९ को घरदैलो कार्यक्रममा उहाँले युवालाई रोजगारको सिर्जना गर्ने बताउँदै भन्नुभयो, “यो देशमा प्रजातन्त्र ल्याउनका लागि होमिएर आएको महिला हुँ, म युवाको लागि विशेष ध्यान दिनेछु, मैले काठमाडौँका मौलिकता, चित्रकला, वास्तुकला, मूर्तीकलालाई डिजिटल प्रविधि अपनाएर युवालाई उद्यमी बनाउनतर्फ लाग्नेछु”, उहाँले भन्नुभयो ।
नेत्री सिंहले महिलालाई आर्थिक रुपमा शसक्त बनाउनका लागि रोजगारका कार्यक्रमलाई अगाडि बढाउने बताउनुभयो । काठमाडौँको विकासका लागि गठबन्धनका उम्मेदवारलाई विजय गराउन उहाँले सबै मतदातालाई आग्रह गर्नुभयो । उहाँले गृहणी र एकल पुरुषका लागि विशेष कार्यक्रम अगाडि सार्नेसमेत बताउनुभयो ।
महानगरका सम्पूर्ण वडामा ‘स्वास्थ्य प्रवद्र्धन केन्द्र’ स्थापना गर्ने आफ्नो योजना रहेको उहाँले सुनाउनुभयो । महानगरवासीलाई सहुलियत शुल्कमा स्वास्थ्य उपचार गर्नका लागि सुविधा सम्पन्न महानगरीय अस्पताल निर्माण गर्ने उहाँको भनाइ छ ।
RECOMENDED News
Latest News
Pinco Online Kazino Azərbaycanda – Sürətli Ödənişlər və Çıxarışlar (Пинко Казино Онлайн)
Pinco Online Kazino Azərbaycanda – Sürətli Ödənişlər və Çıxarışlar (Пинко Казино Онлайн) ▶️ OYNA Содержимое Pinco Casino Azərbaycanda Pinco...
२९ जेठ २०८३ २३:१४ |मेट्रो संवाददाता
तरकारी–फलफूल थोक बजार संस्थामा कार्यसमिति निर्बिरोध चयन
काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा अवस्थित केन्द्रिय तरकारी–फलफूल बजारका व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाको ३१औँ वार्षिक साधारण...
३ मंसिर २०८२ १२:४२ |मेट्रो संवाददाता
वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका
काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...
६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता
नेवार र तीज : सांस्कृतिक अनुकूलन, मिडिया प्रभाव र पहिचानको प्रश्न
तीज नेपालमा प्रचलित महिला–केन्द्रित पर्व हो, जसमा शिव–पार्वतीको विवाहकथा, व्रत, र गीत–नृत्य मुख्य अंग छन्। परम्परागत रूपमा यो बाहुन–क्षेत्री...


