मेट्रो संवाददाता
१९ वैशाख २०७९ १०:०१

काठमाडौं महानगरपालिकाका पूर्व मेयर एवं हाल एमालेका तर्फबाट मेयर पदका उम्मेदवार केशव स्थापित विरुद्ध यौन दुराचारीको आरोप लगाएकी कामपाका पूर्व कर्मचारी रश्मिला प्रजापतिलाई आर्थिक अनियमित कार्य गरेका कारण सेवाबाट हटाइएको प्रमाण फेला परेको छ । प्रजापतिले आफूलाई जागिरबाट हटाइएको बास्तबिक कारण ढाकछोप गरी स्थापितले यौन प्रस्ताव राखेको र सो प्रस्ताव नमानेका कारणले जागिरबाट हटाएको दावी गर्दै आएकी थिइन् ।
कामपाको हनुमानढोका दरवार क्षेत्र संरक्षण कार्यक्रममा शाखा अधिकृतका रुपमा कार्यरत प्रजापतिले गरेका आर्थिक हिनामिना र अनियमितताको सम्बन्धमा छानबिन गर्न समिति समेत गरिएको थियो भने सोही समितिले तयार पारेको प्रतिवेदनका आधारमा उनलाई हटाइएको कामपाको उच्चश्रोतको दावी छ ।
प्रजापतिले आफ्ना गाडी चालक र अन्य एक कर्मचारीलाई अपशब्द प्रयोग गरी गालिगलौज गरेपछि तत्कालीन कर्मचारी युनियनले उनले गरेका अनियमित कार्यहरू लगायत अन्य मागहरू जोडेर आन्दोलन गरेका थिए । त्यसै क्रममा उनलाई कारवाही गर्नुपर्ने माग राखी कर्मचारीहरूले चार दिनसम्म शहरको फोहर उठाउन बन्द गरेका थिए ।
यसै क्रममा आन्दोलनलाई साम्य पार्न आन्दोलनरत कर्मचारी र कामपा प्रशासनबिच वि.सं. २०६० श्रावण ३ गते बैठक बसेको थियो, रे उक्त बैठकको पहिलो निर्णय नै रश्मिला प्रजापतिलाई जिम्मेवारीबाट हटाउने भन्ने थियो ।
बैठकले रश्मिला प्रजापतिलाई तत्कालै हनुमानढोका दरवार क्षेत्र संरक्षण कार्यक्रमबाट हटाएर कामपाको अतिरिक्त समूहमा सरुवा गर्ने, निजबाट भए गरेका अनियमितताको छानबिन गर्ने र त्यसका लागि चार कर्मचारी संगठनका प्रतिनिधि २/२ जना र कार्यकारी अधिकृतले खटाएको २ जना समेतको टोली गठन गरी छानबीन गर्ने र १ हप्ता भित्र प्रतिवेदन लिने भनी निर्णय गरेको थियो । साथै छानबिनबाट देखिएको कसुरको मात्रा अनुसार निजलाई कारवाही गर्ने निर्णय पनि बैठकले गरेको थियो ।
पछि उक्त बैठकको निर्णय अनुसार गठन गरिएको छानबिन समितिले दिएको प्रतिवेदनकै आधारमा रश्मिला प्रजापतिलाई वि.सं. २०६० कार्तिक ३ गते अवकाश दिइएको थियो । उनलाई दिइएको अवकाश पत्रमा तत्कालीन नि. कार्यकारी अधिकृत गोपालप्रसाद पराजुलीको हस्ताक्षर रहेको छ ।
प्रजापति विरुद्ध कर्मचारीले आन्दोलन गर्दा, उनले गरेका अनियमित कार्यबारे छानबिन समिति गठन गरिंदा र छानबिन कार्य अघि बढाइंदा केशव स्थापित काठमाडौं महानगरपालिकामा मेयर थिएनन् । स्थापित वि.सं. २०६० असोज १२ गते मात्रै मनोनित मेयरका रुपमा महानगरपालिका दोश्रो पटक प्रवेश गरेका थिए । अर्थात प्रजापतिलाई कारवाही गर्ने निर्णय स्थापित जानुभन्दा अघि नै भइसकेको थियो । त्यसको कार्यान्वयन मात्रै उनी गइसकेपछि गरिएको देखिन्छ । स्थापित त्यतिबेला केवल ९ महिना मात्रै कामपाका मेयर भएका थिए । उनी २०६१ जेठ ८ गते राजीनामा दिई महानगरपालिबाट निस्केका थिए । स्मरणीय छ, उनी २०५४ देखि २०५९ सम्म निर्वाचित मेयर थिए ।
प्रजापतिले आफूलाई महानगरपालिकाले अवकाश दिएको प्रशंग उल्लेख गर्दा आफूले तल्ला तहका कर्मचारीलाई दुव्र्यवहार गरेकोले आफू विरुद्ध कर्मचारीले आन्दोलन छेडेको, आन्दोलनको क्रममा आफूमाथि अनियमितताको आरोप लागेको र छानबिन गरिएको तथ्यलाई ढाकछोप गरेको प्रष्ट देखिन्छ् ।
आफूमाथि लागेको अनियमितताको आरोप र त्यसबेला गरिएको आन्दोलनको कुरो लुकाएर आफ्नो अवकाशलाई यौन दुव्र्यवहारसँग जोडेर अनर्गल प्रचार गर्ने गरेको देखेर आन्दोलनरत कामपाका त्यसबेलाका कर्मचारीहरू आश्चर्यचकित छन् ।
RECOMENDED News
Latest News
Pinco Online Kazino Azərbaycanda – Sürətli Ödənişlər və Çıxarışlar (Пинко Казино Онлайн)
Pinco Online Kazino Azərbaycanda – Sürətli Ödənişlər və Çıxarışlar (Пинко Казино Онлайн) ▶️ OYNA Содержимое Pinco Casino Azərbaycanda Pinco...
२९ जेठ २०८३ २३:१४ |मेट्रो संवाददाता
तरकारी–फलफूल थोक बजार संस्थामा कार्यसमिति निर्बिरोध चयन
काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा अवस्थित केन्द्रिय तरकारी–फलफूल बजारका व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाको ३१औँ वार्षिक साधारण...
३ मंसिर २०८२ १२:४२ |मेट्रो संवाददाता
वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका
काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...
६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता
नेवार र तीज : सांस्कृतिक अनुकूलन, मिडिया प्रभाव र पहिचानको प्रश्न
तीज नेपालमा प्रचलित महिला–केन्द्रित पर्व हो, जसमा शिव–पार्वतीको विवाहकथा, व्रत, र गीत–नृत्य मुख्य अंग छन्। परम्परागत रूपमा यो बाहुन–क्षेत्री...


