मेट्रो संवाददाता
१९ वैशाख २०७९ १७:१६

नवनियुक्त प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले प्रहरी सङ्गठनका असल अभ्यासलाई निरन्तरता दिँदै समय अनुकूल पद्धति र प्रविधिउन्मुख नवीन परम्पराको थालनी गरिने बताउनुभएको छ ।
नैतिक आचरणयुक्त प्रहरी, व्यावसायिकता अभिवृद्धि र अपराध अनुसन्धानमा वैज्ञानिकीकरणका साथै सुशासन प्रवद्र्धन गर्न कार्यविधि तथा मापदण्ड निर्माण, आर्थिक पारदर्शिता कायम र प्रहरी जवाफदेहिता सुनिश्चित गर्न विशेष पहल गर्ने उहाँले प्रतिबद्धता जनाउनुभएको छ ।
गृहमन्त्रालयबाट दज्र्यानी चिह्न प्राप्त गरी प्रहरी प्रधान कार्यालयमा पुगेर पदभार ग्रहणपछि आज आयोजित विशेष समारोहमा महानिरीक्षक सिंहले प्रहरी कर्मचारीलाई निर्देशन दिँदै सङ्गठनको श्रीवृद्धिमा लाग्न आग्रह गर्नुभयो ।
आसन्न स्थानीय तहको निर्वाचन अहिले राष्ट्रिय प्राथमिकताको विषय भएको उल्लेख गर्दै प्रहरी महानिरीक्षक सिंहले निर्वाचनलाई निष्पक्ष, भयरहित एवं सुरक्षित तवरबाट सम्पन्न गर्न उच्च सतर्कता, संवेदनशीलता र महत्वका साथ सफलतापूर्वक कार्य सम्पादन गर्न उपस्थित प्रहरी अधिकृत तथा जवानलाई निर्देशन पनि दिनुभयो ।
उहाँले भन्नुभयो, “नेपाल प्रहरी र यसमा आबद्ध सकल दर्जा त झन् नागरिक जीवनको एक अभिन्न हिस्सा भएकाले हाम्रो हरेक क्रियाकलाप माथि नागरिकले सूक्ष्म निगरानी राख्नु अस्वाभाविक ठान्दिन, मेरो मान्यता भनेको गुनासो र आलोचनालाई स्वीकार गर्नुपर्दछ र त्यसको उचित सम्बोधन गर्नुपर्छ ।”
नेपाल प्रहरीको आधार भन्नु नै नागरिकको विश्वास र भरोसा भएको चर्चा गर्दै महानिरीक्षक सिंहले समाज र राष्ट्रको हित र सुरक्षाका खातिर सङ्गठन र यसमा आबद्ध सकल दर्जाका प्रहरी कर्मचारीले कानूनी राज्यको मान्यताअनुरुप निष्पक्ष एवं व्यावसायिक प्रहरी सेवा प्रवाहमा सम्झौता नगर्न निर्देशन दिनुभयो ।
व्यक्तिगत स्वार्थ त्यागी निर्भिकताका साथ आआफ्नो व्यावसायिक धर्म निर्वाह गर्न सम्पूर्ण अधिकृत तथा जवानलाई उहाँले आग्रह गर्नुभयो । भ्रष्टाचारमा शून्य सहनशीलता अवलम्बन गर्नुका साथै चोरी निकासी गर्ने, प्राकृतिक स्रोतको दोहन गर्ने तथा अन्य आपराधिक कार्यमा संलग्न हुने तत्वसँगको साठगाँठ एवं अवाञ्छित क्रियाकलापमा संलग्न रहने, प्रश्रय दिने तत्वको पहिचान गरी कारवाही गर्ने सवालमा आफू कठोररूपमा प्रस्तुत हुने उहाँले प्रतिबद्धता जनाउनुभयो ।
RECOMENDED News
Latest News
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


