मेट्रो संवाददाता
२४ वैशाख २०७९ १६:४४
‘मेरो पौरख, मेरो गौरव, मेरो काठमाडौँ’ अभियानलाई रिभाइभ गर्छुः एमाले तर्फका मेयर पदका उम्मेदवार स्थापित

काठमाडौँ महानगरपालिकाका नेकपा (एमाले) तर्फका मेयर पदका उम्मेदवार केशव स्थापितले आफू निर्वाचित भएपछि युवाहरुलाई जीवनको कथा हाल्ने एक सय वटा स्थान निर्माण गरिदिने बताउनुभएको छ ।
‘म पहिलो पटक मेयर हुँदा भर्खर जन्मिएका बच्चा अहिले मेरा मतदाता बनेका छन्,’ केही सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै स्थापितले भन्नुभयो, ‘आफ्नो जीवनबारे गफ गर्ने युवाहरुका लागि काठमाडौँमा ठाउँ नै छैन । म युवाहरुलाई जीवनको कथा हाल्ने एक सय वटा स्थान निर्माण गरिदिन्छु ।’ उहाँले नयाँ पुस्ताका लागि आधार तयार गरिदिने योजना पनि आफूसँग रहेको बताउनुभयो ।
‘पहिलाको राजदरबारको वरीपरी लगाएको पर्खाल मात्रै तोड्न सकियो भने त्यहाँ भित्रको हरियाली चौर र बगैँचा देखेर युवाहरु प्रफुल्ल हुन्छन्,’ स्थापितले भन्नुभयो, ‘त्यहाँ योजना बनाएर राज्यको सहित संरक्षणमा बत्ती नै बत्ती, पानी नै पानीको फोहोरा भएको बालबालिका, युवा र जेष्ठ नागरिक पार्क निर्माण गर्न सकिन्छ ।’
स्थापितले आफू मेयर निर्वाचित भएपछि केशर महलको वरीपरीको पर्खाल भत्काएर त्यहाँ पनि खुला ठाउँ निर्माण गर्ने योजना रहेको सुनाउनुभयो । ‘युवाहरु साँझपख त्यहाँ आउँछन्, टहलिन्छन्, आइसक्रिम खान्छन्, गफगाफ गर्छन् र मुहारमा मुस्कान छर्दै आहा ! काठमाडौँ महानगर भन्दै खुशी हुन्छन् । यस्ता पार्क सहरभरी धेरै स्थानमा बनाउन सकिन्छ । ती पार्कमा आएका युवासँग तिमीहरुको योजना के– छ ? तिमीहरुको अपेक्षा के– छ ? भनेर घुलनशील गराउने योजना छ,’ उहाँले भन्नुभयो, ‘युवाहरुलाई प्रोस्ताहन गर्न विश्वस्तरीय २० वटा जीम हल स्थापना गर्ने र अर्वन पार्क निर्माण गर्ने योजना छ ।’
उहाँले युवाहरुलाई उनीहरुको योग्यता, क्षमता र रुचि अनुसारको जिम्मेवारी दिएर अगाडि बढाउन सक्ने क्षमता पनि आफूसँग भएको बताउनुभयो । त्यसैगरी उहाँले तत्काल गुनासो सुन्न ‘क्वीक रेस्पोन्स टीम’ निर्माण गर्ने कार्यलाई प्राथमिकतामा राखिने पनि बताउनुभयो । घर–घरमा स्वास्थ्य नारी कार्यक्रम उहाँले अहिलेको काठमाडौँको मेयर निर्वाचित भएपछि अहिले भएका स्वास्थ्य सेवा केन्द्रहरुको स्तरोन्नति गर्ने योजना पनि प्रस्तुत गर्नुभयो । उहाँले मेयर स्वास्थ्य कार्यक्रम र घर–घरमा स्वास्थ्य नारी कार्यक्रमलाई अघि बढाउने पनि आफ्नो योजना रहेको बताउनुभयो ।
‘केही महिना बृहत छलफल गरेर योजनासहित स्वास्थ्य नीतिलाई प्रभावकारी बनाउन र घर–घरमा पुगेर स्वास्थ्य परीक्षण गर्न निजी क्षेत्रका स्वास्थ्य संस्थाको सहकार्यमा करीब २ हजार स्वयंसेवकलाई पारिश्रमिकसहित राख्छौँ,’ उहाँले भन्नुभयो, ‘त्यो टीमले कुन वडामा कति विरामी र कस्ता प्रकारका विरामी भनी अनुसन्धान पनि गर्ने छ । त्यहि टिमले उहाँहरुको थप स्वास्थ्यका लागि सहजिकरण समेत गर्नेछ ।’
उहाँले निराशाहरुलाई आशामा बदल्न सहरी योजना आयोग र ‘मेरो पौरख, मेरो गौरव, मेरो काठमाडौँ’ अभियान अघि बढाएको स्मरण पनि गराउनुभयो । अब मेयर भएपछि यो अभियानलाई रिभाइभ गर्ने बताउनुभयो । ‘मैले नेतृत्व सम्हालेको करीब ६ महिनापछि एकिकृत सहरी विकासको योजना अघि बढाएँ । बसन्तपुर क्षेत्रको पुर्ननिर्माणको कामलाई अघि बढाएँ । अहिलेको लाइफलाइन बनेको धोविखोला करिडोरको कामलाई मेरै कार्यकालमा अघि बढाएँ ।’
नाकामा एकीकृत सुरक्षा जाँचको व्यवस्था उहाँले उपत्यका छिर्ने सबै नाकामा एकीकृत सुरक्षा जाँचको व्यवस्था गर्ने योजना रहेको पनि उहाँले बताउनुभयो । ‘उपत्यकाका सबै स्थानीय तहसँगको समन्वयमा महानगरपालिको नेतृत्वमा उपत्यका छिर्ने सबै नाकामा एकीकृत सुरक्षा जाँचको व्यवस्था गर्छौ,’ उहाँले भन्नुभयो, ‘त्यहाँ प्रहरी र नगर प्रहरीको संयुक्त टोलीले सबै कुराको जाँच गर्छ । त्यो सँगै उपत्यका बाहिरबाट प्रवेश गर्ने सबै सवारीलाई धोइ–पखाली गरी राजधानी भित्रिने व्यवस्था गर्छौ । त्यति मात्रै गर्ने हो भने यहाँको धुलोको ९० प्रतिशत समस्या समाधान हुन्छ ।’
RECOMENDED News
Latest News
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


