पुस २५ गतेदेखि माघ ४ गतेसम्म नारायणगढको नारायणी नदी किनारमा चितवन महोत्सव हुने

पुस २५ गतेदेखि माघ ४ गतेसम्म नारायणगढको नारायणी नदी किनारमा चितवन महोत्सव हुने

मेट्रो संवाददाता

१९ पुष २०७९ २३:४५

चितवन नारायणगढको नारायणी नदी किनारमा १४ औँ संस्करणका रूपमा यही पुस २५ गतेदेखि माघ ४ गतेसम्म चितवन महोत्सव हुने भएकाे छ ।

महोत्सवको आयोजक उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष नुनारायण श्रेष्ठले शिक्षा, स्वास्थ्य, कृषि र बसोबासका लागि चितवन भन्ने मान्यतालाई आत्मसात् गर्दै महोत्सव आयोजना गर्न लागिएको बताए । सङ्घले मंगलबार पत्रकार सम्मेलको आयोजना गरी हरेक दुई/दुई वर्षमा हुँदै आएको महोत्सवकाे १४ औँ संस्करणका रूपमा गर्न लागिएको जानकारी दिए ।

‘उद्यम गर्न चाहनेलाई आवश्यक सहजीकरण गरी उद्यमी बनाइने छ ’, श्रेष्ठले भने, ‘विसं २०५३ देखि आयोजना हुँदै आएको यस महोत्सवले कोभिड–१९ पछि सिर्जित परिस्थितिमा यहाँको पर्यटनलाई केन्द्रविन्दुमा राखेर प्रचारप्रसार गर्नेछ । महोत्सवमा चितवनको विविधताको प्रतिनिधित्व गर्ने कृत्रिम पार्क निर्माण गरिनेछ।’

चितवन महोत्सव अवधिभर उद्यम गर्न चाहने युवाको तथ्याङ्क सङ्कलन गरेर उनीहरूलाई उद्यमतर्फ लगाइने भएको हो ।

कोभिड र तत्पश्चात् विश्व परिवेशमा व्याप्त आर्थिकमन्दीका कारण विक्षिप्त आर्थिक क्षेत्र, हतोत्साहित भएका उद्यमी, व्यवसायी र आमसर्वसाधारणलाई आर्थिक पुनःरुत्थानको एउटा नयाँ दियो बाल्न महोत्सव सहयोगी बन्ने आयोजकले बताए।

महोत्सवमा चार सय ५० स्टल रहने छन् जसमा महोत्सवमा सात वटा विशेष स्टल, डोम र कृषि परिसर, अटो परिसर, सूचना प्रविधि परिसर, मेडइन नेपाल परिसर र घरेलु तथा साना उद्योगका लागि आवश्यक मेसिनरी सामानको स्टल एवं विभिन्न सङ्घ संस्थाका स्टल, रेष्टुराँ रहने छन् ।

आन्तरिक तथा बाह्य पर्यटकसहित पाँच लाख दर्शकले अवलोकन गर्ने र रु २५ करोडभन्दा बढीको कारोबार हुने आयोजकले अपेक्षा लिएको छ । महोत्सवकै अवसरमा पुस २८ गतेदेखि माघ २ गतेसम्म क्याम्पा चौरमा फुड फेस्टिभलको आयोजना गरिने छ ।

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता