नेवाः नामका संस्था दर्ता राेक्का बागमति प्रदेशका सांसद शैलेन्द्र वज्राचार्यकाे पहलमा रद्द

नेवाः नामका संस्था दर्ता राेक्का बागमति प्रदेशका सांसद शैलेन्द्र वज्राचार्यकाे पहलमा रद्द

मेट्रो संवाददाता

१९ माघ २०७९ ८:०७

नेवाः नाम भएका संस्था दर्ता गर्न काठमाडाैं जिल्लाका सीडीओ कार्यालय समहत भएकाे छ । काठमाडाैं जिल्लाका सीडीओ घनश्याम उपाध्यायले अब उपरान्त नेवाः शब्द भएकाे संस्था पनि दर्ता हुने बताए ।

बुधबार बागमति प्रदेशका सांसद शैलेन्द्र वज्राचार्यकाे नेतृत्वमा नेपालभाषा टाइम्सका सम्पादक सुरेश किरण र नेवाः पत्रकार राष्ट्रिय दबू काठमाडाैं जिल्लाका काेषाध्यक्ष राजेन्द्र मानन्धर सहितकाे टाेलीले सीडीओ उपाध्यायसँग भेटवार्ता गरेका हुन् ।

भेटवार्ताकाे क्रममा नेपालभाषा टाइम्सका सम्पादक सुरेश किरण, सहायक सीडीओ देवी पाण्डे (खत्री), काठमाडाैं जिल्लाका सीडीओ घनश्याम उपाध्याय, बागमति प्रदेशका सांसद शैलेन्द्र वज्राचार्य, नेवाः पत्रकार राष्ट्रिय दबू काठमाडाैं जिल्लाका काेषाध्यक्ष राजेन्द्र मानन्धर र संस्था दर्ता फाँटका अधिकृत खड्ग श्रेष्ठ ।

भेटवार्ता पछि सीडीओ उपाध्यायले नेवाः लगायत नेपालका कुनैपनि भासामा नाम राखेका संस्था दर्ता गरिने बताए । लगत्तै उनले संस्था दर्ता गर्ने फाँटका अधिकृत खड्ग श्रेष्ठलाइ खस नेपाली बाहेक अरू भासाबाट नाम राखेकाे संस्था दर्ता गर्न निर्देशनसमेत दिए ।

याेभन्दा पहिला नियमित रूपमा नेवाः नामबाट संस्था दर्ता भइरहेकाेमा केही हप्ताअघि देखि एकाएक संस्थाकाे नाम खस नेपालीमा हुनु पर्ने नभए दर्ता नहुने भनेर सीडीओ कार्यालयबाट फर्काइने गरेका थिए ।

पछिल्लाे समय ‘सभ्यता नेपाः’ नामक संस्थालाइ दर्ता राेक लगाएर ‘नेपाः’ शब्द परिवर्तन गरेर ‘नेपाल’ राख्न निर्देशन दिइएकाे थियाे ।

भेटवार्ता क्रममा सहायक सीडीओ देवी पाण्डे (खत्री) उपस्थितिमा सीडीओ उपाध्यायले ‘सम्पदा नेपाः’ र त्यसबेला फर्काइका अरू संघसंस्थाहरू पनि दर्ता गर्ने बचन दिए । उनले संस्थाकाे नाम जुनै भाषामा भएपनि विधानकाे प्रस्तावनामा त्यसकाे अर्थ खुल्ने गरी एक लाइनमा नेपाली भासामा राख्न अनुराेध समेत गरेका छन् ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता