मेट्रो संवाददाता
१२ असार २०८१ १०:१६
काठमाडौँ । नेपाल राष्ट्र बैंकले ९ खर्ब २७ अर्ब रुपैयाँ बढी धितोपत्रमा लगानी गरेको छ। बैंकले विदेशमा रहेका विभिन्न धितोपत्र खरिदमा उक्त लगानी गरेको जनाएको छ।
जेठ मसान्तसम्मका डाटाअनुसार कुल ९ खर्ब २७ अर्ब ७२ करोड ४८ लाख ४७ हजार ३७९ रुपैयाँ धितोपत्रमा लगानी भएको छ। पछिल्लो ११ महिनामा मात्रै केन्द्रीय बैंकले २ खर्ब ६७ अर्ब रुपैयाँ लगानी गरेको उल्लेख छ।
गत आर्थिक वर्षसम्ममा बैंकको धितोपत्रमा ६ खर्ब ६० अर्ब ३४ करोड ९५ लाख ५ हजार ५७१ रुपैयाँ लगानी थियो। यस्तै निश्चित समयावधिका लागि गरिने आवधिक निक्षेपअन्तर्गत राष्ट्र बैंकले कुल ६ खर्ब ४१ अर्ब रुपैयाँ विदेशी बैंकमा राखेको छ।
गत असार मसान्तसम्म ५ खर्ब २२ अर्ब रुपैयाँ टर्म डिपोजिटको रूपमा बैंकले विदेशमा रहेका बैंकमा निक्षेप राखेको थियो। यसैगरी, राष्ट्र बैंकले ८० अर्ब २१ करोड रुपैयाँ सुनमा लगानी गरेको छ। चालू आर्थिक वर्षको ११ महिनामा सुनमा रहेको लगानी १३ अर्ब ८७ करोड रुपैयाँले बढेको हो।
RECOMENDED News
Latest News
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...
२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...
२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


