मेट्रो संवाददाता
१५ असार २०८१ ५:२५

काठमाडौं, काठमाडौं महानगरपालिकाका मेयर बालेन साह नगर सभा बैठकमा सहभागी नभइ गायब भएका छन् । मेयर साह आफैले शुक्रबारको लागि बोलाएको नगर सभा बैठकमा नआएका हुन् । आफैले बोलाएको बैठकमा मेयर नआएपछि नगरसभाका सदस्यहरुले ‘मेयर हराएको’ सूचना निकाल्नु पर्ने टिप्पणी गरिराखेका छन् ।
मेयर साह आफूले ल्याएको नीति तथा कार्यक्रम पारित नहुने देखिएर बैठकमै नआएको हो । साहले ल्याएको नीति तथा कार्यक्रमलाई असार १० को नगर सभा बैठकले नै अस्वीकृति गरिदिएको थियो । त्यसबेला एमालेबाट जितेर आएका वडा नं. ३२ का अध्यक्ष नवराज पराजुली, कांग्रेसबाट जितेर आएको वडा १७ का अध्यक्ष नवीन मानन्धर र एकीकृत समाजबादीबाट जितेर आएको वडा १५ का अध्यक्ष ईश्वरमान डंगोलले संयुक्त रुपमा नीति तथा कार्यक्रममा संशोधन हालेका थिए । तर मेयर शाहले जर्बजस्ती नीति तथा कार्यक्रम पारित गर्न खोजेपछि सभामै विरोध भएको थियो । त्यसपछि मेयर शाहले नीति तथा कार्यक्रम पारित नगरि बजेट ल्याउन दिएका थिए ।
शुक्रबारको बैठकमा पनि संशोधन नगरि नीति तथा कार्यक्रम पारित नहुने छाँटकाँट देखिएपछि मेयर गायब भएका हुन् । उनी नगर सभा बस्ने तोकिएको स्थान राष्ट्रिय सभागृहमा समेत आएका छैनन् ।
नगरसभाका सदस्यहरुले आज पनि संशोधन प्रस्ताव पारित नगरि नीति तथा कार्यक्रम पारित नगर्ने तयारी गरेका थिए । यो थाहा पाएपछि मेयर साह नगरसभा ‘फेस’ गर्न समेत डराएको नगरसभा सदस्यहरुले बताएका छन् ।
मेयर नआएपछि नगरसभामा आएको वडा अध्यक्ष, वडा सदस्यहरु धमाधम फर्किन थालेको छ ।
RECOMENDED News
Latest News
Pinco Online Kazino Azərbaycanda – Sürətli Ödənişlər və Çıxarışlar (Пинко Казино Онлайн)
Pinco Online Kazino Azərbaycanda – Sürətli Ödənişlər və Çıxarışlar (Пинко Казино Онлайн) ▶️ OYNA Содержимое Pinco Casino Azərbaycanda Pinco...
२९ जेठ २०८३ २३:१४ |मेट्रो संवाददाता
तरकारी–फलफूल थोक बजार संस्थामा कार्यसमिति निर्बिरोध चयन
काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा अवस्थित केन्द्रिय तरकारी–फलफूल बजारका व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाको ३१औँ वार्षिक साधारण...
३ मंसिर २०८२ १२:४२ |मेट्रो संवाददाता
वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका
काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...
६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता
नेवार र तीज : सांस्कृतिक अनुकूलन, मिडिया प्रभाव र पहिचानको प्रश्न
तीज नेपालमा प्रचलित महिला–केन्द्रित पर्व हो, जसमा शिव–पार्वतीको विवाहकथा, व्रत, र गीत–नृत्य मुख्य अंग छन्। परम्परागत रूपमा यो बाहुन–क्षेत्री...


