काठमाडौँ महानगरले सहकारीसम्बन्धी उजुरी तथा गुनासो दर्ता गर्न सबै वडा कार्यालयलाई अनुरोध गरेको छ
काठमाडाैं, २० भदाै: काठमाडौँ महानगरपालिकाले सहकारी संस्थासँग सम्बन्धित उजुरी तथा गुनासाहरू दर्ता गर्न सबै वडा कार्यालयलाई निर्देशन दिएको छ। पछिल्लो समय बचतकर्ताहरूले बचत रकम फिर्ता माग सम्बन्धी गुनासो बढ्दै गएपछि महानगरले यस्तो निर्देशन जारी गरेको हो। महानगरका अनुसार काठमाडौँ महानगरपालिका सहकारी नियमावली, २०८० को नियम १६ अनुसार सहकारी संस्थाले सदस्यको बचत रकम मागेको बखत व्याजसहित तुरुन्त फिर्ता दिनुपर्ने व्यवस्था छ।
महानगरले एक औपचारिक सूचनामा भनेको छ, ‘यसै सम्बन्धमा बचत रकम फिर्ता माग सम्बन्धी बचतकर्ताको गुनासो दिनानुदिन बढ्दै गएकाले त्यहाँ वडा क्षेत्रभित्र सञ्चालित काठमाडौँ महानगरपालिकाको क्षेत्राधिकारभित्र पर्ने सहकारी संस्थाहरूबाट बचत रकम फिर्ता माग गरिएको उजुरी तथा गुनासो देहायका कागजातसहित दर्ता गरी यसैसाथ संलग्न ढाँचाको पत्र संस्थालाई जारी गरिदिनु हुन अनुरोध छ।’
यस निर्देशनसँगै वडा कार्यालयहरूले अब सहकारी संस्थाहरूमा भएका उजुरीहरूको विवरण संकलन गर्ने र समाधानका लागि आवश्यक कदम चाल्ने जिम्मेवारी पाएका छन्।
काठमाडौँ महानगरको यो निर्णयले बचतकर्ताको हित र सहकारी संस्थाहरूको पारदर्शिता सुनिश्चित गर्न महत्त्वपूर्ण योगदान गर्ने अपेक्षा गरिएको छ।

RECOMENDED News
Latest News
Pinco Online Kazino Azərbaycanda – Sürətli Ödənişlər və Çıxarışlar (Пинко Казино Онлайн)
Pinco Online Kazino Azərbaycanda – Sürətli Ödənişlər və Çıxarışlar (Пинко Казино Онлайн) ▶️ OYNA Содержимое Pinco Casino Azərbaycanda Pinco...
२९ जेठ २०८३ २३:१४ |मेट्रो संवाददाता
तरकारी–फलफूल थोक बजार संस्थामा कार्यसमिति निर्बिरोध चयन
काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा अवस्थित केन्द्रिय तरकारी–फलफूल बजारका व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाको ३१औँ वार्षिक साधारण...
३ मंसिर २०८२ १२:४२ |मेट्रो संवाददाता
वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका
काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...
६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता
नेवार र तीज : सांस्कृतिक अनुकूलन, मिडिया प्रभाव र पहिचानको प्रश्न
तीज नेपालमा प्रचलित महिला–केन्द्रित पर्व हो, जसमा शिव–पार्वतीको विवाहकथा, व्रत, र गीत–नृत्य मुख्य अंग छन्। परम्परागत रूपमा यो बाहुन–क्षेत्री...


