काठमाडौं, भदौ २१ — पारालिम्पिकमा ऐतिहासिक सफलता हात पारेकी पलेशा गोवर्धनलाई पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्मान गरेका छन्। खुलमटारमा आयोजित कार्यक्रममा पलेशासँगै उनका प्रशिक्षक कविराज नेगी लामा, व्यवस्थापक रामचन्द्र श्रेष्ठ र पलेशाका पिता प्रदीप गोवर्धनलाई पनि सम्मान गरियो।
अध्यक्ष दाहालले नेपालका लागि ओलम्पिकमा पहिलो पटक पदक जितेको यो क्षणलाई ऐतिहासिक भन्दै पलेशाले सिंगो राष्ट्रलाई गर्व गर्न दिएको बताए। उनले भने, “खेल क्षेत्रमा यत्रो ठूलो सफलता पाउनु सामान्य कुरा होइन। पलेशाको यो जितले विश्वभर रहेका नेपालीलाई गौरवान्वित बनाएको छ।”
खेलकुदले राष्ट्रिय एकता, समृद्धि र अन्तर्राष्ट्रिय कूटनीतिको प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने बताउँदै दाहालले खेल क्षेत्रमा राज्यले थप लगानी गर्नुपर्नेमा जोड दिए। “खेलको माध्यमबाट अहिले राष्ट्रले गर्व गर्ने अवसर पाएको छ,” उनले भने।
कार्यक्रममा पलेशाले कास्य पदक प्राप्त गर्दाको अनुभव सुनाउँदै आगामी ओलम्पिकमा स्वर्ण पदक जित्ने लक्ष्य राखेको बताइन्। प्रशिक्षक कविराज नेगी लामाले पलेशाको मेहनत र समर्पणले देशलाई गौरवान्वित बनाएको बताए।
सो अवसरमा नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशमशेर राणा, महासचिव दीपराज गुरुङ र राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टङ्कलाल घिसिङ लगायतले पनि आफ्नो धारणा राखेका थिए।
RECOMENDED News
Latest News
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


