राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण

राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण

मेट्रो संवाददाता

२५ भदौ २०८१ ११:४१

गङ्गालाल हृदयरोग उपचार केन्द्रमा सम्झौता, वार्षिक परीक्षणको घोषणा

काठमाडौँ, २५ भदौ – सहिद गङ्गालाल राष्ट्रिय हृदयरोग उपचार केन्द्रले देशका राष्ट्रिय खेलाडीहरूको हरेक वर्ष निःशुल्क स्वास्थ्य परीक्षण गर्ने भएको छ। आज आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल र युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको उपस्थितिमा, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र गङ्गालाल केन्द्रबीच यो सम्झौतामा हस्ताक्षर भएको हो।

खेलाडीहरूलाई नियमित स्वास्थ्य परीक्षणको सुविधा

सम्झौताअनुसार, केन्द्रले आफ्नै स्रोतबाट आवश्यक आर्थिक व्यवस्थापन गर्नेछ, र यसलाई हरेक वर्ष नवीकरण गरिनेछ। मन्त्री पौडेलले आगामी वर्षका लागि थप स्रोत सुनिश्चित गर्ने प्रतिवद्धता जनाए, जबकि मन्त्री चौधरीले यो कार्यक्रमबाट ७५७ खेलाडी लाभान्वित हुने विश्वास व्यक्त गरे।

 

पलेशा गोवद्र्धनको परीक्षणबाट कार्यक्रमको सुरूआत

समारोहमा पारा ओलम्पिक कास्य पदक विजेता पलेशा गोवद्र्धनको स्वास्थ्य परीक्षण गरेर यो कार्यक्रमको औपचारिक सुरूआत गरिएको थियो।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता