मकवानपुरमा ६०४ उद्योग बन्द

मकवानपुरमा ६०४ उद्योग बन्द

मेट्रो संवाददाता

२७ भदौ २०८१ १८:३०

बागमती (२७ भदौ) : मकवानपुरमा आर्थिक मन्दी र वित्तीय संस्थाबाट ऋण अभावका कारण आर्थिक वर्ष २०८०/८१ मा ६१० उद्योग बन्द भएका छन्। मकवानपुर उद्योग तथा वाणिज्य कार्यालयका अनुसार दुई सय ६८ उद्योग र तीन सय ३६ वाणिज्य व्यवसायले आफ्नो लगत कट्टा गरेका छन्।

पछिल्लो वर्ष २०७९/८० मा २८३ उद्योग बन्द भएका थिए भने यस वर्ष त्यो संख्या थप वृद्धि भएको छ। कार्यालय प्रमुख रामप्रसाद भुसालले आर्थिक मन्दी, पुँजी अभाव, र बैंकहरूले ऋण नदिएको कारण उद्योग बन्दको संख्या बढेको बताए।

नयाँ उद्योगको दर्तामा पनि कमी आएको छ। २०८०/८१ मा ७०१ नयाँ उद्योग दर्ता भए पनि यो संख्या अघिल्लो वर्षको तुलनामा कम हो।

आर्थिक संकटका बाबजुद २०८०/८१ मा ४६ उद्योगले नामसारी, २४ उद्योगले ठाउँसारी, र ११०८ उद्योगले नवीकरण गरेका छन्। यस्तै, वाणिज्यतर्फ ८५८ पुँजी वृद्धि भएको छ।

यस अवधिमा उद्योग दर्ता, नवीकरण, र अन्य सेवाहरूबाट तीन करोड २२ लाख रुपैयाँ राजस्व संकलन भएको छ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता