झ्याप्ले खोलामा पहिरो दुर्घटना: माथिल्लो सडकबाट खसेको पहिरोले सवारीसाधनमा ठूलो क्षति

झ्याप्ले खोलामा पहिरो दुर्घटना: माथिल्लो सडकबाट खसेको पहिरोले सवारीसाधनमा ठूलो क्षति

मेट्रो संवाददाता

१३ असोज २०८१ १९:२४

काठमाडौँ : असोज ११ गते शुक्रबार साँझबाट सुरू भएको भीषण वर्षाले देशभरको जनजीवन प्रभावित बनाएको छ। काठमाडौँ र धादिङको सीमामा पर्ने झ्याप्ले खोलामा, माथिल्लो सडकबाट खसेको पहिरोले तल्लो सडकमा अड्किएका सवारीसाधनमा ठुलो क्षति पुर्याएको छ। यो दुर्घटना शनिबार बिहान ४ बजे नागढुङ्गा नजिकै पिप्लामोड क्षेत्रमा भएको हो।

भीषण वर्षाका कारण पहिरो खस्नाले नागढुङ्गाबाट काठमाडौँतर्फ आउँदै गरेका सवारीसाधन जाममा फसेका थिए। नागढुङ्गा सुरुङ मार्गभन्दा केही तल रहेको उक्त स्थानमा पहिरो माथिल्लो सडकको सीमेन्टको पर्खाल भत्काएर सीधा तल्लो सडकमा खसेको थियो। स्थानीयवासी नानु लामाका अनुसार, केही साना सवारीसाधनका यात्रुलाई बचाउन सफल भए पनि ठूला सवारीसाधन पहिरोमा परे।

सवारीसाधनमा पुरिएका यात्रुहरू

घटनास्थलमा रहेको दृश्य अत्यन्त कारुणिक बनेको छ। पहिरोमा पुरिएका सवारीसाधन क्षतविक्षत अवस्थामा छन्, र पहिरोमा पुरिएका शवहरू निकाल्न कठिनाइ भएको छ। शवको अवस्था यस्तो छ कि उनीहरूको अनुहार पहिचान गर्न गाह्रो भइरहेको छ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, र नेपाली सेनाको उद्धार टोलीले अहिलेसम्म ३५ जना मृतकको शव निकालेको छ। उद्धारकार्य जारी छ भने पुरिएका अन्य सवारीसाधनबाट पनि शव निकाल्ने प्रयास भइरहेको छ। यात्रुका आफन्तजनहरू आफ्ना प्रियजनहरूको खोजीमा घटनास्थल पुगेका छन्।

पहिरोका कारण सडक अवरुद्ध

नागढुङ्गादेखि काठमाडौँसम्मको सडक खण्डमा विभिन्न स्थानहरूमा पहिरो खसेका कारण सवारीसाधन अवरुद्ध भएको छ। प्रहरी नायव उपरीक्षक सूर्य सुवेदीले पहिरो हटाएर सडक खुलाउन ठूलो चुनौती आएको बताए। पहिरोका कारण नागढुङ्गा क्षेत्रका दर्जनौं स्थानहरू अझै पनि जोखिममा रहेका छन्।

 

यो पनि पढ्नुहाेला :  झ्याप्ले खोलामा पहिरो हटाइयो, ४८ घण्टापछि सडक खुला

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता