केके मानन्धर
१८ असोज २०८१ १३:४७
भक्तपुर : भक्तपुर जिल्लाकै सबभन्दा पुरानो सामाजिक संस्था न्ह्यज्या खलः थिमिले ६३ औंं स्थापना दिवसको अवसरमा साहित्यिक र सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ। यो कार्यक्रम प्रत्येक वर्ष बडा दशैंको घटस्थापनाको दिन गरिँदै आएको छ, र यस वर्ष २०८१ असोज १७ गते (नेपाल संवत् ११४४ कौलाथ्व पारु) बिहीबार थिमिको निगुपुखू क्षेत्रमा सम्पन्न भएको हो।
न्ह्यज्या खलःको स्थापना २०१८ सालमा तत्कालीन निर्दलीय पञ्चायती व्यवस्थाविरुद्ध सामाजिक र राजनीतिक चेतना जगाउने अभियानको रूपमा भएको थियो। संस्थाले निरन्तर रूपमा भाषा, साहित्य, शिक्षा, र सामाजिक उत्तरदायित्वको क्षेत्रमा योगदान पुर्याउँदै भक्तपुर क्षेत्रको विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ। संस्थापक अध्यक्ष बैकुण्ठ हरि साहु श्रेष्ठको परिकल्पनामा बनेको यो संस्था भक्तपुरका नागरिकहरूलाई शैक्षिक जागरणमा सहयोग पुर्याउँदै आइरहेको छ।
कार्यक्रममा राष्ट्रिय अनुसन्धान केन्द्रका अध्यक्ष महावीर पुनको पुस्तक बिक्रीबाट संकलित रु. २ लाख ४८ हजार २६० नगद केन्द्रका सीईओ सञ्जय झालाई हस्तान्तरण गरिएको थियो।
यो अवसरमा नेवाः देय् दबूका केन्द्रीय अध्यक्ष पवित्र बज्राचार्य, प्रगतिवादी संगीतकार रामेश, विराट नेपालभाषा साहित्य सम्मेलन गुठीका अध्यक्ष महेन्द्र गोपाल कर्माचार्य, शहीद बैकुण्ठ हरि स्मृति प्रतिष्ठानका अध्यक्ष श्यामकृष्ण श्रेष्ठ लगायतका साहित्यकार, संगीतकार, पत्रकार तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
न्ह्यज्या खलःले भक्तपुरमा मात्रै नभई देशभरका नेवार समुदायको सांस्कृतिक र भाषिक सम्पदालाई सम्बद्र्धनमा सक्रिय भूमिका खेलिरहेको छ।
RECOMENDED News
Latest News
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


