महिला यु–१९ टि–ट्वान्टी विश्वकप एसिया छनोट: नेपालले थाइल्याण्डसँग उद्घाटन खेल खेल्ने

महिला यु–१९ टि–ट्वान्टी विश्वकप एसिया छनोट: नेपालले थाइल्याण्डसँग उद्घाटन खेल खेल्ने

मेट्रो संवाददाता

१८ असोज २०८१ १०:०८

काठमाडौँ : नेपालले आगामी कात्तिक २१ गतेदेखि महिला यु–१९ टि–ट्वान्टी विश्वकपको एसिया छनोट खेलमा थाइल्याण्डसँग आफ्नो पहिलो खेल खेल्दै प्रतियोगिताको उद्घाटन गर्नेछ। प्रतियोगिता संयुक्त अरब इमिरेट्स (युएई) मा आयोजना हुनेछ, जसमा नेपाल, युएई, कुवेत, र थाइल्याण्डले भाग लिनेछन्।

२० खेलाडीको नेपाली टोली
नेपाल क्रिकेट सङ्घ (क्यान) ले एसिया छनोटका लागि २० सदस्यीय खेलाडी टोली छनोट गरेको छ। टोलीमा सोनी पाख्रिन, कृष्मा गुरुङ, मनिषा उपाध्याय, साना प्रविन, प्रतिमा शाह, स्नेहा महरा, सावित्रा धामी, सुस्मिता भुसाल, रञ्जु श्रेष्ठ, किरनकुमारी कुँवर, तृष्ना विक, रिया शर्मा, अलिशाकुमारी यादव, भवानी कामती, पूजा महतो, कुसुम गोदार, सिमाना केसी, ज्योत्सिका मरासिनी, रचना चौधरी, र आश्मा पुलामीमगर छन्।

नेपालका खेल तालिका
नेपालले आफ्नो पहिलो खेल कात्तिक २१ गते थाइल्याण्डसँग खेल्नेछ। दोस्रो खेल कात्तिक २२ गते कुवेतसँग, तेस्रो खेल कात्तिक २४ मा घरेलु टोली युएईसँग हुनेछ। त्यसपछि नेपालले कात्तिक २५ मा पुनः थाइल्याण्डसँग र कात्तिक २७ मा कुवेतसँग खेल्नेछ। नेपालले अन्तिम खेल कात्तिक २८ मा युएईसँग खेल्नेछ।

मलेसिया विश्वकपको छनोट
चार टोली सहभागी हुने यस प्रतियोगितामा शीर्षस्थान हासिल गर्ने टोलीले मलेसियामा आयोजना हुने अर्को वर्षको विश्वकपमा स्थान सुरक्षित गर्नेछ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता