गैँडासँग मोटरसाइकल ठोक्किँदा दुई जना घाइते

गैँडासँग मोटरसाइकल ठोक्किँदा दुई जना घाइते

मेट्रो संवाददाता

२३ असोज २०८१ १९:५०

नवलपुर : मोटरसाइकल र गैँडाबीच ठक्कर हुँदा दुई जना घाइते भएका छन्। नवलपुरको कावासोती नगरपालिका-८, खरकट्टा जङ्गलमा बुधबार दिउँसो २ बजे उक्त घटना भएको हो ।  पूर्वपश्चिम राजमार्गमा बुटवलबाट काठमाडौंतर्फ गइरहेको मोटरसाइकल नम्बर ना ३३ प ४२४२ अचानक सडक पार गर्दै गरेको गैँडासँग ठोक्किएको थियो।

दुर्घटनामा दोलखाको बैतेश्वर गाउँपालिका-४ का ३२ वर्षीय प्रदीप न्यौपाने र मोटरसाइकल चालक कृष्ण दाहाल घाइते भएका छन्। उनीहरूको उपचार मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा भइरहेको छ।

घटनास्थलमा रहेका प्रहरीले सामान्य अवस्थामा रहेको गैँडा जंगलतर्फ भागेको जानकारी दिएका छन्।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता