भरतपुर महानगरमा छोरी जीवन बीमा कार्यक्रम: ८९१ बालिकाको बीमा सम्पन्न

भरतपुर महानगरमा छोरी जीवन बीमा कार्यक्रम: ८९१ बालिकाको बीमा सम्पन्न

मेट्रो संवाददाता

१४ कार्तिक २०८१ १६:२१

चितवन : भरतपुर महानगरपालिकाले सञ्चालन गरेको छोरी जीवन बीमा कार्यक्रमअन्तर्गत हालसम्म ८९१ छोरीको बीमा सम्पन्न भएको छ। महानगरपालिकाका स्थायी बासिन्दाका रूपमा सरकारी स्वास्थ्य संस्थामा जन्मिएका छोरीहरूलाई यो बीमाको लाभ दिइएको हो।

महानगरको स्वास्थ्य तथा सामाजिक विकास महाशाखाका निर्देशक शान्ताकुमारी पौडेलका अनुसार आर्थिक वर्ष २०७९/८० मा ३३८, २०८०/८१ मा ४१३ र चालु आवमा हालसम्म १४० जना छोरीको बीमा गरिएको छ। महानगरले राष्ट्रिय बीमा कम्पनीमा छोरीको बीमा रकम १५ वर्षसम्म ५० हजार बुझाउनेछ, जसबाट बिमितलाई रु एक लाख प्रदान गरिनेछ।

छोरीको जन्मलाई प्रोत्साहन गर्ने र लैङ्गिक समानताको सन्देश दिन बीमा कार्यक्रमले सहयोग पुग्ने विश्वास पौडेलले व्यक्त गरेकी छन्। यसबाहेक, महानगरले छोरी लक्षित विभिन्न कार्यक्रम विद्यालयमार्फत पनि सञ्चालन गर्दै आइरहेको छ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता