काठमाडौं : भुटानी नरेश जिग्मे खेसर नाम्गेल वाङचुकले मंगलबार काठमाडौंका दुई प्रमुख धार्मिक सम्पदा क्षेत्र स्वयम्भूनाथ र बौद्धनाथको दर्शन गरेका छन्।
नरेशले बिहान स्वयम्भूनाथमा पूजा–अर्चना गरेका हुन्। स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिका पदाधिकारीहरूले उनलाई परिसरमै स्वागत गरेका थिए। करिब आधा घण्टा स्वयम्भूमा बिताउँदै उनले त्यहाँबाट उपत्यकाको दृश्यावलोकन गरेका थिए।

त्यसपछि उनले बौद्धनाथको पनि दर्शन गरे। नरेश भारतबाट स्वदेश फर्किने क्रममा मंगलबार बिहान काठमाडौं आइपुगेका हुन्।
परराष्ट्र मन्त्रालयका अनुसार नरेश वाङचुकले काठमाडौंका धार्मिक सम्पदाको भ्रमण गरेपछि मंगलबार नै स्वदेश फर्किने कार्यक्रम छ।
भुटानी नरेशको यो भ्रमण नेपाल–भुटान सम्बन्ध सुदृढ बनाउन र सांस्कृतिक आदान–प्रदानका लागि प्रतीकात्मक रूपमा महत्वपूर्ण मानिएको छ।
RECOMENDED News
Latest News
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


