काठमाडौं — काठमाडौं महानगरपालिका–१८ का अध्यक्ष न्हुछेकाजी महर्जन र मिस नेवाः ११४५ का प्रतियोगीहरूबीच विशेष भेटघाट सम्पन्न भएको छ। कार्यक्रममा महर्जनले नेपालभाषा, नेवाः सम्पदा र संस्कृतिको संरक्षणमा युवाहरूको भूमिकाबारे चर्चा गरे। उनले प्रतियोगीहरूलाई आफ्नो भाषा र संस्कृतिको जगेर्नामा सक्रिय रहन प्रेरित गरे।
वडास्तरीय कार्यक्रमका क्रममा अध्यक्ष महर्जनले स्थानीय सरकारको महत्व र यसको कार्यशैलीबारे जानकारी गराए। उनले नीति निर्माणदेखि समुदायलाई प्रदान गरिने सेवा-सुविधासम्मका विषयमा प्रकाश पार्दै युवाहरूले समाजको समृद्धि र संस्कृतिको उत्थानमा योगदान गर्नुपर्नेमा जोड दिए।
भेटघाटमा वडा सदस्य हेराशोभा महर्जन र मिस नेवाः प्रतियोगिताका आयोजक तथा नेप्लीज फेशन होमकी प्रतिनिधि हेमा मानन्धरको उपस्थिति थियो। मानन्धरका अनुसार प्रतियोगितामा सहभागी हुनेहरूलाई विभिन्न सैद्धान्तिक तथा व्यावहारिक ज्ञान प्रदान गरिनेछ। भेटघाटलाई उनले प्रतियोगीहरूका लागि अति महत्वपूर्ण अवसरको रूपमा व्याख्या गरिन्।
प्रतियोगीहरूले आफ्नो भाषा, संस्कृति र परम्परालाई संरक्षण गर्न आफूहरू प्रतिबद्ध रहेको बताए। मिस नेवाः प्रतियोगिताले नेवाः समुदायका युवाहरूलाई पहिचानको जगेर्ना तथा प्रवर्द्धन गर्ने अवसर प्रदान गर्दै आएको छ।
यस प्रकारका कार्यक्रमले सांस्कृतिक चेतनाको अभिवृद्धि गर्दै स्थानीय सरकार र नागरिकबीचको सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।
RECOMENDED News
Latest News
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...



