काठमाडौं । त्रिभुवन विश्वविद्यालयको नेपालभाषा केन्द्रीय विभागका प्रमुख सहप्राध्यापक डा. राजनलाल जोशी (रास) को हाइकु संग्रह ‘धकिं’ माथि विशेष विमर्श सम्पन्न भएको छ।
कार्यक्रमको सुरुवातमा डा. जोशीले आफ्ना केही हाइकुहरू वाचन गर्नुभएको थियो। त्यसपछि विभिन्न विधागत दृष्टिकोणबाट वक्ताहरूले हाइकु संग्रहमाथि समीक्षात्मक टिप्पणी प्रस्तुत गरेका थिए ।

हाइकु संरचनाको दृष्टिकोण
पहिलो वक्ता कवि राजेन्द्रकुमार ‘पुता’ले हाइकुका शिल्प पक्षबारे चर्चा गर्दै यसको ५-७-५ संरचनाको महत्व उल्लेख गर्नुभयो। उहाँले कतिपय हाइकुहरूमा एकल अनुच्छेदलाई तीन भागमा विभाजन गरिएको पाइए पनि मूल रूपमा हाइकुका तीन पंक्तिहरू स्वतन्त्र हुनुपर्ने धारणा राख्नुभयो। साथै, हाइकुमा अनुप्रासको प्रयोग न्यून वा नहुने मान्यता रहे पनि, संग्रहमा केही ठाउँमा यस्तो प्रयोग देखिएको उहाँले बताउनुभयो।
पाठकीय दृष्टिकोण
उपप्राध्यापक रवि शाक्यले पाठकीय अनुभवका आधारमा हाइकुहरूको विश्लेषण गर्नुभयो। उहाँले हाइकुहरूमा मिथकीय भाव झल्किएको बताउँदै, मिथक समाजमा स्थापित कथा, मान्यता वा विश्वासमा आधारित हुने हुँदा, डा. जोशीका हाइकुहरूमा पनि नेवार समाजका सांस्कृतिक र ऐतिहासिक मिथकहरू समेटिएको बताउनुभयो। साथै, उहाँले यस संग्रहलाई नेवार समुदायमा खुलेर स्वीकार गरिएका यौन अभिव्यक्तिहरूलाई समेत कलात्मक रूपमा प्रस्तुत गर्ने शैलीका लागि “यौन हाइजिन” उपाधि दिन योग्य रहेको टिप्पणी गर्नुभयो।
सांस्कृतिक दृष्टिकोण
भाषा आयोगका सदस्य माननीय सुरेश किरणले हाइकु संरचनाको बन्धनभित्र रहेर लेखिएको भए पनि डा. जोशीले सांस्कृतिक तत्वलाई थप बन्धनका रूपमा प्रयोग गरेर रचना सिर्जना गर्नुभएको बताउनुभयो। उहाँले लेखकले नेवार समाजका व्यवहारिक सांस्कृतिक पक्षलाई विम्बका रूपमा उपयोग गरेको उल्लेख गर्दै, यस संग्रहमा हाइकुहरू अँध्यारोमा चम्कने बिजुलीझैं समाजको यथार्थ झल्काउने शक्ति भएको धारणा व्यक्त गर्नुभयो। नेपालमण्डलको संस्कार-संस्कृति बुझ्ने पाठकले मात्र संग्रहका हाइकुहरूको गहिरो अर्थ आत्मसात गर्न सक्ने उहाँको निष्कर्ष थियो।
भाषावैज्ञानिक विश्लेषण
भाषाविद् प्रा.डा. ओमकारेश्वर श्रेष्ठले हाइकु संग्रह ‘धकिं’ लाई भाषाविज्ञानको दृष्टिकोणबाट विश्लेषण गर्नुभयो। उहाँले हाइकुहरूमा प्रयोग भएका ठेट शब्दहरूको व्याख्या गर्दै सांस्कृतिक तथा धार्मिक प्रसंगमा प्रयोग हुने शब्दहरूको स्वच्छन्दता र प्रयोगबारे चर्चा गर्नुभयो।


कार्यक्रममा विश्वविद्यालयका प्राध्यापक, विद्यार्थी, साहित्यकार तथा हाइकु प्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

RECOMENDED News
Latest News
Pinco Online Kazino Azərbaycanda – Sürətli Ödənişlər və Çıxarışlar (Пинко Казино Онлайн)
Pinco Online Kazino Azərbaycanda – Sürətli Ödənişlər və Çıxarışlar (Пинко Казино Онлайн) ▶️ OYNA Содержимое Pinco Casino Azərbaycanda Pinco...
२९ जेठ २०८३ २३:१४ |मेट्रो संवाददाता
तरकारी–फलफूल थोक बजार संस्थामा कार्यसमिति निर्बिरोध चयन
काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा अवस्थित केन्द्रिय तरकारी–फलफूल बजारका व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाको ३१औँ वार्षिक साधारण...
३ मंसिर २०८२ १२:४२ |मेट्रो संवाददाता
वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका
काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...
६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता
नेवार र तीज : सांस्कृतिक अनुकूलन, मिडिया प्रभाव र पहिचानको प्रश्न
तीज नेपालमा प्रचलित महिला–केन्द्रित पर्व हो, जसमा शिव–पार्वतीको विवाहकथा, व्रत, र गीत–नृत्य मुख्य अंग छन्। परम्परागत रूपमा यो बाहुन–क्षेत्री...


