बौद्धनाथ क्षेत्र विकास समितिमा मोहनकुमार तामाङ नियुक्त

बौद्धनाथ क्षेत्र विकास समितिमा मोहनकुमार तामाङ नियुक्त

मेट्रो संवाददाता

२५ चैत २०८१ १९:५९

काठमाडौं — हालै बसेको मन्त्रिपरिषद् बैठकले बौद्धनाथ क्षेत्र विकास समितिको कार्यकारी निर्देशकमा मोहनकुमार तामाङलाई नियुक्त गर्ने निर्णय गरेको छ। सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमार्फत सरकारका प्रवक्ताले मंगलबार उक्त निर्णय सार्वजनिक गरेका हुन्।

यसअघि कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालिरहेका शान्तिबल तामाङले पदबाट राजीनामा दिएपछि कोषमा नेतृत्व रिक्त भएको थियो। लामो समयदेखि बौद्धनाथ क्षेत्रको संरक्षण, विकास र व्यवस्थापनमा सक्रिय रहँदै आएका मोहनकुमार तामाङ अब कार्यकारी निर्देशकको हैसियतमा कार्यभार सम्हाल्नेछन्।

यसैबीच, उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सहसचिव राजेन्द्रप्रसाद शर्माले पेश गरेको राजीनामा स्वीकृत गरिएको छ। उनको जिम्मेवारी तथा भविष्यको योजना भने सार्वजनिक गरिएको छैन।

मन्त्रिपरिषद् बैठकले वरिष्ठ पत्रकार तथा लेखक भैरव रिसालको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ। नेपाली पत्रकारिताको जग बसाल्न योगदान पुर्‍याएका रिसालको निधनसँगै एक युगको समापन भएको टिप्पणी गरिएको छ।

त्यसैगरी, सरकारले ‘नागरिक एप (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका, २०७८’ खारेज गर्ने निर्णयसमेत गरेको छ। यससँगै उक्त एपको प्रयोग, पहुँच र व्यवस्थापनमा नयाँ ढाँचाको मार्गचित्र तय हुने संकेत मिलेको छ।

यसबाहेक, वैकल्पिक वित्त परिचालनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ। यसले आगामी दिनमा सरकारी तथा निजी क्षेत्रबीच सहकार्यमार्फत विकास परियोजनाहरू अघि बढाउन सहज हुने अपेक्षा गरिएको छ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता