ढुङ्गाना समूहले चुनाव ‘बटमलाइन’ पूरा भएपछि मात्र लिने

ढुङ्गाना समूहले चुनाव ‘बटमलाइन’ पूरा भएपछि मात्र लिने

मेट्रो संवाददाता

१ कार्तिक २०८२ १५:५१

‘जेनजी’ आन्दोलनका अगुवा मिराज ढुङ्गाना नेतृत्वको समूहले प्रत्यक्ष कार्यकारीको ‘बटमलाइन’ पूरा नभएसम्म निर्वाचनमा भाग नलिने निर्णय गरेको छ।

आज नयाँ बानेश्वरमा पत्रकार सम्मेलनमार्फत ढुङ्गानाले प्रत्यक्ष कार्यकारी शासकीय स्वरुप र विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको व्यवस्था हुनु पर्ने बताए। भ्रष्टाचार नियन्त्रणका लागि नागरिकस्तरीय छानबिन समिति गठन र आर्थिक रुपान्तरणको स्पष्ट नीति अख्तियार गर्नुपर्ने पनि उनले जोड दिए।

समूहले जेनजी प्रदर्शनलाई दिशाहीन हुन नदिन राजनीतिक दल गठन गर्ने निष्कर्षमा पुगेको र पार्टीको नामबारे सुझाव संकलन भइरहेको जानकारी दिइयो।

ढुङ्गानाले भने, “देश विकासमा सामूहिक प्रतिबद्धता र सहकार्य आवश्यक छ। रोजगारी सिर्जना, बन्द कलकारखाना सञ्चालन र पर्यटन क्षेत्रको प्रवर्द्धन गर्न सरकार जिम्मेवार हुनुपर्छ।”

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता