चीनमा जेनेरेटिभ एआई प्रयोगकर्ताको सङ्ख्या दोब्बर

चीनमा जेनेरेटिभ एआई प्रयोगकर्ताको सङ्ख्या दोब्बर

मेट्रो संवाददाता

१ कार्तिक २०८२ २०:४३

बेइजिङ । चीनमा जेनेरेटिभ कृत्रिम बौद्धिकता (एआई) प्रविधिको प्रयोग तीव्र गतिमा बढ्दै गएको छ । चीन इन्टरनेट सञ्जाल सूचना केन्द्र (सिएनएनआइसी) द्वारा सार्वजनिक प्रतिवेदनअनुसार सन् २०२५ को जुन महिनासम्म ५० करोडभन्दा बढी मानिसले यो प्रविधि प्रयोग गरिरहेका छन् ।

पछिल्ला छ महिनाभित्र मात्रै करिब २६ करोड ६० लाख नयाँ प्रयोगकर्ता थपिएका छन् । सन् २०२४ को अन्त्यमा २४ करोड ९० लाख प्रयोगकर्ता रहेका भने अहिले यो सङ्ख्या बढेर ५१ करोड ५० लाख पुगेको हो ।

प्रतिवेदनले चीनमा जेनेरेटिभ एआई प्रविधिको प्रयोग दर ३६.५ प्रतिशत पुगेको जनाएको छ । यसले प्रविधिप्रति जनचासो र पहुँच द्रुत रूपमा फैलिएको सङ्केत गर्छ ।

विशेषज्ञहरूका अनुसार, जेनेरेटिभ एआई प्रविधिले शिक्षा, व्यापार, सञ्चार र मनोरञ्जनलगायत विभिन्न क्षेत्रमा उल्लेखनीय परिवर्तन ल्याइरहेको छ ।
— रासस/सिन्ह्वा

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता