राति नौपछि देउसीभैली नखेल्न प्रशासनको आग्रह

राति नौपछि देउसीभैली नखेल्न प्रशासनको आग्रह

मेट्रो संवाददाता

१ कार्तिक २०८२ ९:३१

जिल्ला प्रशासन कार्यालय काठमाडौँले दिपावलीमा राति ९ बजेपछि देउसीभैली नगर्न आग्रह गरेको छ । सार्वजनिक सूचनामार्फत प्रशासनले देउसीभैलो मर्यादित र अनुशासित ढङ्गले बेलुकी ९ बजेसम्म मात्र खेल्न अनुरोध गरेको हो ।

कार्यालयले आतिसबाजी, पटाका, भुइँचम्पाजस्ता विष्फोटक पदार्थको प्रयोग, खरिद–बिक्री र ढुवानी नगर्न चेतावनी दिएको छ । साथै सार्वजनिक सडक, पदमार्ग वा खुला ठाउँमा आवागमन रोक्ने गरी मण्डप वा दीपावली थल नबनाउन पनि निर्देशन दिएको छ ।

चाडपर्वमा चोरी तथा ठगीका घटना बढ्ने भएकाले घर र सम्पत्तिको सुरक्षा गर्न, शंकास्पद व्यक्ति देखिएमा प्रहरीलाई खबर गर्न प्रशासनले सबैलाई सतर्क रहन आग्रह गरेको छ ।

यस्तै, कालोबजारी, मूल्यवृद्धि, अवैध चिठ्ठा–जुवातास र अनलाइन ठगीजस्ता कार्य नगर्न र सवारीसाधनमा ट्राफिक नियम पालना गर्न समेत प्रशासनले ध्यानाकर्षण गराएको छ ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता