सात सवारी ठोक्किँदा २१ घाइते

सात सवारी ठोक्किँदा २१ घाइते

मेट्रो संवाददाता

१ कार्तिक २०८२ १०:०७

भरतपुर–२९ गाइघाटमा आज बिहान सातवटा सवारीसाधन एकआपसमा ठोक्किँदा २१ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार बिहान करिब ७:३० बजे मुग्लिङबाट नारायणगढतर्फ जाँदै गरेको ट्रक (ना८ख ६६२९) र विपरीत दिशाबाट आएको बस (बा४ख ७४२०) ठोक्किँदा पछिपछि आएका अन्य पाँच सवारी पनि दुर्घटनामा परे । ती सवारीमा टेलर, इलेक्ट्रिक माइक्रो, अर्को बस, बलेरो र कार रहेका छन् ।

घाइतेमध्ये १३ जना नेशनल सिटी अस्पतालमा, चार जना चितवन मेडिकल कलेजमा र चार जनाको जनता केयर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । दुर्घटनाको थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता