नगर विकास कोषको रकम प्रतिफल दिने क्षेत्रमा लगानी गर्न सुझाव

नगर विकास कोषको रकम प्रतिफल दिने क्षेत्रमा लगानी गर्न सुझाव

मेट्रो संवाददाता

१ कार्तिक २०८२ १२:०१

कुलमान घिसिङले विद्युतीय सवारीसाधन र चार्जिङ स्टेसनजस्ता ‘इ–मोबिलिटी’ क्षेत्रमा लगानी गर्न सुझाव दिएका छन्।

 

सहरी विकासमन्त्री कुलमान घिसिङले नगर विकास कोषलाई प्रतिफल दिने क्षेत्रमा लगानी गर्न सुझाव दिएका छन्।

सहरी विकासमन्त्री कुलमान घिसिङले क्षेत्राधिकार विस्तार गरी नगर विकास कोषलाई प्रभावकारी बनाउनुपर्ने बताए।

कोषका कामकारबाहीबारे जानकारी लिँदै उनले प्रतिफल प्राप्त हुने क्षेत्रमा लगानी विस्तार गरी कोषलाई प्रभावकारी रूपमा अघि बढाउन आवश्यक रहेको बताए।

घिसिङले विद्युतीय सवारीसाधन र चार्जिङ स्टेसनजस्ता ‘इ–मोबिलिटी’ क्षेत्रमा लगानी गर्न सुझाव दिएका छन्।

उनका अनुसार ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार, यातायात र नगरपालिकासँग साझेदारीमा लगानी परिचालन गरेर फोहर व्यवस्थापन र ऊर्जा उत्पादनजस्ता परियोजनामा कोषलाई प्रयोग गर्न सकिन्छ। “अब लगानीका क्षेत्राधिकारलाई अझ विस्तार गर्न आवश्यक कानुनी व्यवस्था गर्न सरकार तयार छ,” उनले भने।

हाल कोष हरित जलवायु कोषबाट मान्यता प्राप्त हुने प्रक्रियामा छ। मान्यता प्राप्त भएपछि हरित ऊर्जासम्बन्धी परियोजनामा लगानीका लागि ठूलो आर्थिक सहयोग प्राप्त हुने विश्वास मन्त्री घिसिङले व्यक्त गरे।

कोषका कार्यकारी निर्देशक विनोदप्रकाश पण्डितका अनुसार कोषसँग सात अर्ब रुपैयाँ स्वःपुँजी छ। यसका अलावा एसियाली विकास बैंकमार्फत पाँच अर्ब १९ करोड, विश्व बैंकबाट १२ करोड र नेपाल सरकारबाट दुई अर्ब ऋणका रूपमा प्राप्त भएको छ। कोषले हालसम्म १६ अर्ब रुपैयाँ ऋण प्रवाह गरेको उनले जानकारी दिए।

नगर विकास कोषले सहरी पूर्वाधार आयोजनामा वित्तीय (ऋण÷अनुदान) र प्राविधिक सहयोग प्रदान गर्दै आएको छ। बसपार्क, खानेपानी, जग्गा विकास र बहुउद्देश्यीय भवन निर्माणलगायत क्षेत्रमा लगानी भइरहेको कोषले जनाएको छ।

हालैको ‘जेनजी’ आन्दोलनका कारण क्षति भएका नगरका भवनको पुनर्निर्माणमा कोषलाई परिचालन गर्न सकिने विषयमा पनि छलफल भएको सचिवालयले जनाएको छ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता