नेपाल बहुसांस्कृतिक विविधताले समृद्ध राष्ट्र भएको मुख्यमन्त्री बानियाँको भनाइ

नेपाल बहुसांस्कृतिक विविधताले समृद्ध राष्ट्र भएको मुख्यमन्त्री बानियाँको भनाइ

मेट्रो संवाददाता

३ कार्तिक २०८२ १०:२२

मकवानपुर— बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले नेपाल बहुसांस्कृतिक विविधताले भरिपूर्ण सुन्दर राष्ट्र भएको बताएका छन्। नेपाली हिन्दूहरूको महान् पर्व तिहार, नेपाल सम्वत् ११४६ तथा छठ पर्वका अवसरमा सोमबार शुभकामना सन्देश जारी गर्दै उहाँले यस्तो धारणा व्यक्त गरेका हुन्।

मुख्यमन्त्री बानियाँका अनुसार नेपालमा आफ्नै मौलिकता र मूल्य मान्यताहरू रहेका छन्। विविधतामै आधारित एकता नै सांस्कृतिक धरोहर भएको उल्लेख गर्दै उहाँले सबै जाति, भाषा, संस्कृति र सभ्यताको संरक्षण तथा विकास गर्नु सबैको साझा दायित्व रहेको बताए।

उहाँले तिहार हिन्दू धर्मावलम्बीहरूको दसैँपछिको सबैभन्दा ठूलो पर्व भएको स्मरण गर्दै भन्नुभयो, “यस पर्वको मुख्य विशेषता मानव–पशु सम्बन्धको सम्मान, दीपावलीमा देवी लक्ष्मीको पूजा गरी सुख–समृद्धिको कामना गर्नु तथा भाइटिकामार्फत दाजुभाइ र दिदीबहिनीबीच आत्मीय सम्बन्ध कायम गर्नु हो।”

तिहारका अवसरमा गाईपूजा, देउसी–भैलो, नेवार समुदायको म्ह पूजा, सूर्य देवता र छठी माताको आराधना जस्ता धार्मिक तथा सांस्कृतिक क्रियाकलापहरूले मौलिक संस्कृति संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको जनाइएको छ।

मुख्यमन्त्री बानियाँले हाम्रा सांस्कृतिक पर्वहरूले समाजमा भ्रातृत्व, भावनात्मक एकता र राष्ट्रिय गौरव अभिवृद्धिमा विशेष योगदान पुर्‍याएको बताए। बागमती प्रदेश सरकारले सरोकारवालासँग समन्वय गर्दै पर्व तथा संस्कृतिको जगेर्नामा निरन्तर भूमिका खेलेको जानकारी दिइएको छ।

उहाँले शुभ दीपावली अर्थात् तिहारलाई आपसी सद्भाव, भाइचारा र मित्रवत् सम्बन्ध सुदृढ गर्ने अवसरका रूपमा मनाउन सबैमा आग्रह गरेका छन्।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता