मेट्रो संवाददाता
३ कार्तिक २०८२ १०:३१
काभ्रेपलाञ्चोक । धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू)मा सूचना प्रविधि केन्द्र स्थापना गरिएको छ। उक्त केन्द्रले नेपालको अनुसन्धान, नवप्रवर्तन र डिजिटल स्थायित्व प्रवर्द्धनमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
विश्वविद्यालयले केन्द्रको स्थापना सँगसँगै मोबाइल एप ‘केयू–कनेक्ट’ पनि सञ्चालनमा ल्याएको जानकारी दिइएको छ।
विश्वविद्यालयका उपकुलपति प्रा. डा. अच्युत वाग्लेले उक्त केन्द्रमार्फत जटिल अनुसन्धानका लागि ‘सुपरकम्प्युटिङ क्लस्टर’ सञ्चालन गर्ने, राष्ट्रिय एआई नीति कार्यान्वयन गर्ने, स्थानीय डेटा प्रयोग गरेर अनुसन्धान र नैतिक रूपरेखा विकास गर्ने तथा भूकम्प, महामारी, बाढीजस्ता आपतकालीन अवस्थामा सहयोग प्रणाली विकास गर्ने कार्य हुने जानकारी दिएका छन्।
उपकुलपति वाग्लेका अनुसार विश्वविद्यालयले सञ्चालन गरेको मोबाइल एप ‘केयू–कनेक्ट’ले विद्यार्थीहरूलाई शैक्षिक, प्रशासनिक र क्याम्पससम्बन्धी जानकारीमा सहज पहुँच प्रदान गर्नेछ। उक्त एपमा विद्यार्थी प्रोफाइल व्यवस्थापन, सूचना तथा सूचनापत्रमा तत्काल पहुँच, विश्वविद्यालयका समाचार, परीक्षा परिणाम, पठनपाठनसम्बन्धी विवरण, कोर्स सूची, शुल्क विवरण, भुक्तानी रेकर्ड, प्रमाणपत्र तथा प्रतिलिपि अनुरोधलगायतका सेवा उपलब्ध गराइएको छ।
उहाँका अनुसार एपले विश्वविद्यालयसँग प्रत्यक्ष एकीकृत भएर कोठा आरक्षण, स्रोत व्यवस्थापन तथा कक्षा तालिकालगायतका विषयमा समेत सहजता ल्याउने बताइएको छ।
RECOMENDED News
Latest News
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


