ग्याँस बुलेटसँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

ग्याँस बुलेटसँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

मेट्रो संवाददाता

३ कार्तिक २०८२ १२:४१

चितवन / पूर्व–पश्चिम राजमार्गअन्तर्गत चितवनको खैरहनीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

खैरहनी नगरपालिका–२ स्थित लदरी खोला पुलमा गएराति करिब १०ः३० बजे ग्याँस बुलेट र मोटरसाइकल ठोक्किँदा खैरहनी नगरपालिका–२ का २८ वर्षीय मनिष बोगटीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार भारतीय नम्बर प्लेट एचआर–३८–एफ–६१२६ को ग्याँस बुलेट बिग्रिएर सडक किनारमा रोकिएको अवस्थामा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००२–प–३२३० नम्बरको मोटरसाइकल ठक्कर खाएको बताइएको छ।

दुर्घटनापछि गम्भीर घाइते भएका बोगटीलाई उद्धार गरी अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता