मेट्रो संवाददाता
३ कार्तिक २०८२ १०:४३
काठमाडौँ । तिहारको तेस्रो दिन आज घरघरमा कुकुरलाई पूजा गरी मीठा खानेकुरा खुवाउँदै कुकुर तिहार मनाइँदैछ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन परेको जानकारी दिएको छ। समितिका सदस्य तथा वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका अध्यक्ष प्रा. डा. देवमणि भट्टराईका अनुसार नरक चतुर्दशी र कुकुर तिहार सूर्योदयकालमा चतुर्दशी परेको दिन मनाइने धार्मिक परम्परा रहेको बताइएको छ।
धर्मशास्त्रविद् प्रा. तोयराज नेपालले कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठा परिकार खुवाएमा यमराजका द्वारपाल श्याम र सबल नामक कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वास रहेको जानकारी दिएका छन्।
धार्मिक मान्यताअनुसार वैवस्वतः मन्वन्तरका कुलमा जन्मिएको कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ दिएको उल्लेख गरिएको छ। कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रूपमा लिइने विश्वास गरिएको छ।
नरक चतुर्दशीको विधि र मान्यता
आज बिहान अरुणोदयकालमा विभिन्न तीर्थ, नदी वा तलाउमा स्नान गरी तर्पण गरेपछि दक्षिण फर्काएर यमदीप बाल्ने परम्परा रहिआएको छ। यसरी दीप बालेर बगाउनुलाई “नरके बगाउने” भनिने चलन छ। धार्मिक विश्वासअनुसार यसो गर्नाले मृत्युपश्चात् नरकको दर्शन गर्नु नपर्ने मान्यता रहेको धर्मशास्त्रविद्हरूले बताएका छन्।
यमपञ्चक अर्थात् तिहारका पाँचै दिन तिलको तेल लगाएर स्नान गर्ने परम्परा रहेको आयुर्वेदिक चिकित्सक डा. वंशदीप शर्मा खरेलले जानकारी दिएका छन्। उहाँका अनुसार यसो गर्दा शरीर स्वस्थ रहने र रोग प्रतिरोधात्मक क्षमता बढ्ने भएकाले तिहार स्वास्थ्य सुरक्षाका दृष्टिले पनि महत्त्वपूर्ण पर्वको रूपमा मनाइने गरिएको छ।
RECOMENDED News
Latest News
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


