तिहारमा झिनियाँको माग चुलियो, उत्पादनमै व्यस्त व्यवसायी

तिहारमा झिनियाँको माग चुलियो, उत्पादनमै व्यस्त व्यवसायी

मेट्रो संवाददाता

६ कार्तिक २०८२ १०:४५

रामपुर (पाल्पा) । तिहार नजिकिएसँगै झिनियाँको माग ह्वात्तै बढेपछि पाल्पाका व्यवसायीलाई उत्पादनमै भ्याइनभ्याइ भएको छ । मागअनुसार झिनियाँ पु‍र्‍याउन नसकिएको व्यवसायीहरूले बताएका छन् ।

रामपुर नगरपालिका–५ का उद्यमी रुद्रनारायण श्रेष्ठका अनुसार पछिल्ला वर्षमा दिदीबहिनीले दाजुभाइलाई सगुनस्वरूप झिनियाँ दिने चलन बढेकाले बजारमा यसको माग अत्यधिक भएको हो । “उत्पादन गरेमात्र हुन्छ, बिक्रीको कुनै चिन्ता छैन, माग अनुसार पुर्‍याउनै गाह्रो भएको छ,” श्रेष्ठले बताएका छन् ।

श्रेष्ठले एक दशकदेखि झिनियाँ व्यवसाय गर्दै आएका छन् । श्रीमती लक्ष्मीको सहकार्यमा सञ्चालन भइरहेको व्यवसायमा अहिले छ जना स्थानीयले रोजगारी पाएका छन् । यस वर्ष करिब छ लाख रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको छ ।

श्रेष्ठका अनुसार पाल्पामा उत्पादन भएको झिनियाँ स्याङजा, तनहुँ, नवलपुर, बुटवल, भैरहवा, चितवनलगायत जिल्लामा पठाइन्छ । रामपुर–४ का विष्णु सारुले पनि यसपटक बजारको माग थेग्न मुस्किल परेको बताएका छन् ।

हाल बजारमा झिनियाँको खुद्रा मूल्य प्रतिकिलो एक सय रुपैयाँ र थोक मूल्य ९० रुपैयाँ रहेको छ । छोटो लगानीमा घरमै उत्पादन गर्न सकिने भएकाले महिलाहरूमा पनि यो व्यवसायप्रतिको आकर्षण बढ्दो छ ।

पहिला घरायसी प्रयोजनका लागि मात्रै बनाइने झिनियाँ अहिले तिहारबाहेक विवाह, व्रतबन्ध, तीज र माघे सङ्क्रान्ति जस्ता चाडपर्वमा समेत प्रयोग हुने गरेको छ । व्यवसायीहरूले यसलाई महिला आत्मनिर्भरता र ग्रामीण उद्यमशीलताको अवसरका रूपमा पनि लिएका छन् ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता