स्वयम्भूबाट स्रोत नखुलेको ६९ लाख ८५ हजारसहित दुई जना पक्राउ

स्वयम्भूबाट स्रोत नखुलेको ६९ लाख ८५ हजारसहित दुई जना पक्राउ

मेट्रो संवाददाता

७ कार्तिक २०८२ २१:४१

काठमाडौँ, ७ कात्तिक । प्रहरीले काठमाडौँ महानगरपालिका–१५ स्वयम्भूबाट स्रोत नखुलेको रु ६९ लाख ८५ हजारसहित एक नेपाली र एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीका अनुसार ३८ वर्षीय चिनियाँ नागरिक जियाओ याङ र धादिङको नीलकण्ठ नगरपालिका–९ की २२ वर्षीया रोजिना सुनारलाई बिहीबार पक्राउ गरिएको हो । पक्राउ परेका दुवैजनालाई शुक्रबार सार्वजनिक गरिएको जानकारी दिइएको छ ।

प्रहरीका अनुसार उनीहरूले प्रयोग गर्दै आएको भाडाको कोठाबाट स्रोत नखुलेको नगदसहित सुनका गहना पनि बरामद गरिएको छ । पक्राउ परेकाबारे आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता