मेट्रो संवाददाता
१० कार्तिक २०८२ १६:४९
काठमाडौँ महानगरपालिका–१३ का पूर्व वडा सदस्य तथा समाजसेवी दिलबहादुर मानन्धरको ८६ वर्षको उमेरमा सोमबार बिहान मनमोहन अस्पतालमा उपचारका क्रममा निधन भएको छ ।
एक महिना अघि मात्र उनको प्रोस्टेट रोगको शल्यक्रिया गरिएको थियो । शल्यक्रियापछि घर फर्किए पनि पछिल्ला केही दिनदेखि अस्वस्थ भई अस्पतालमा उपचाररत रहेका थिए ।
उनको अन्त्येष्टि काठमाडौँ महानगरपालिका–१२ स्थित टेकुमा सम्पन्न भएको छ । उनका तीन छोरा र एक छोरी छन् ।
स्वर्गीय मानन्धर २०५४ सालमा काठमाडौँ महानगरपालिका–१३ का निर्वाचित वडा सदस्यका रूपमा स्थानीय नेतृत्वमा निर्वाचित भएका थिए । उहाँ वडाभित्रका विभिन्न संस्थाहरूको संयुक्त संस्था ‘हाम्रो समाज’ का अध्यक्ष समेत रहेका थिए ।
मानन्धरले आफ्ना पत्नीकाे नाममा स्थापना गरिएको ‘गणेशदेवी फाउन्डेसन’ मार्फत नेपालभाषा र साहित्य क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मान गर्दै आएका थिए । स्थानीय समुदायले उनलाई निष्ठावान्, कर्मनिष्ठ र सहयोगी समाजसेवीका रूपमा स्मरण गरेका छन् ।
RECOMENDED News
Latest News
पीएल सिंहको प्रतिमा स्थापना, ‘इतिहास मेट्ने होइन, पुस्तान्तरण गर्ने अभियान’ : डंगोल
काठमाडौं – काठमाडौं महानगरपालिका–१८ ले पूर्वमेयर स्वर्गीय प्रेमलाल सिंह (पीएल सिंह)को प्रतिमा तपिंताँ पार्कमा स्थापना गरेको छ। गत शनिबार...
३२ असार २०८३ ३:०१ |मेट्रो संवाददाता
पीएल सिंहको प्रतिमा स्थापना, ‘इतिहास मेट्ने होइन, पुस्तान्तरण गर्ने अभियान’ : डंगोल
काठमाडौं – काठमाडौं महानगरपालिका–१८ ले पूर्वमेयर स्वर्गीय प्रेमलाल सिंह (पीएल सिंह)को प्रतिमा तपिंताँ पार्कमा स्थापना गरेको छ। गत शनिबार...
३२ असार २०८३ ३:०१ |मेट्रो संवाददाता
वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका
काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...
६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता
नेवार र तीज : सांस्कृतिक अनुकूलन, मिडिया प्रभाव र पहिचानको प्रश्न
तीज नेपालमा प्रचलित महिला–केन्द्रित पर्व हो, जसमा शिव–पार्वतीको विवाहकथा, व्रत, र गीत–नृत्य मुख्य अंग छन्। परम्परागत रूपमा यो बाहुन–क्षेत्री...


