देय् दबू २२ वडा सिमितिकाे आयाेजनामा भइरहेकाे वक्तृत्वकला प्रशिक्षण सम्पन्न

देय् दबू २२ वडा सिमितिकाे आयाेजनामा भइरहेकाे वक्तृत्वकला प्रशिक्षण सम्पन्न

मेट्रो संवाददाता

११ माघ २०७९ १:२३

आदिवासी जनजाति नेवाःहरूकाे राष्ट्रिय संगठन नेवाः देय् दबू काठमाडाैं महानगर २२ वडा सिमितिकाे आयाेजनामा भइरहेकाे वक्तृत्वकला प्रशिक्षण आज सम्पन्न भएकाे छ ।

काठमाडाैं महानगर २२ वडा टेबहालकाे संकटा क्लबकाे हलमा एक हप्तासम्म ११ जना प्रशिक्षार्थीलाइ तालिम प्रदान गरिएकाे हाे ।

समापन कार्यक्रमका प्रमुख अतिथि काठमाडाैं महानगरपालिका २२ वडाका अध्यक्ष चिनिकाजी महर्जनले कार्यक्रमलाइ सम्बाेधन गर्नेक्रममा स्थानीय महिला तथा युवाकाे लागि सीप, क्षमता र दक्षता अभिवृद्धि गराउने यस्ताे कार्यक्रम अत्यन्तै आवश्यक तथा प्रभावकारी रहेकाे बताए ।

‘वक्तृत्वकला भनेकाे प्रतिभा हाेइन, याे एउटा कला हाे । तालिम लिएर व्यवहारमा उतार्न सक्याे भने सफल वक्ताकाे रूपमा आफुलाइ परिस्कृत गर्ने सकिन्छ’, वडा अध्यक्ष महर्जनले भने ।

बाेल्न डराउने पीडितवर्गहरूकाे आवाज भएर सम्बन्धित ठाउँमा न्यायकाे लागि आवाज बुलन्द गर्न सक्याे भने वक्तृत्व कला प्रशिक्षण सार्थक हुने उनले बताए ।

राजनीतिक, सामाजिक र आर्थिक जीवनमा बाेल्ने कलाकाे एकदमै आवश्यकता हुने बताउँदै उनले प्रशिक्षार्थीहरूलाइ तालिमबाट प्राप्त सीपलाइ पिछडावर्गहरूकाे आवाज भएर भ्वाइसलेसहरूकाे भ्वाइस भएर जीवनमा अघि बढ्न सुझाव दिए ।

कार्यक्रममा विशेष अतिथिकारूपमा उपस्थित नेवाः देय् दबूका केन्द्रीय उपाध्यक्ष उमेश स्थापितले नेवाः देय् दबूकाे इतिहास र आजकाे परिवेशमा देय् दबूकाे महत्वकाे बारेमा प्रकाश पारे । यस वक्तृत्वकला तालिमपश्चात प्रशिक्षार्थीहरू पारिवारिक र सामाजिक नेतृत्व गर्ने क्षमतामा सुधार ल्याउने उनले बताए ।

वक्तृत्वकला प्रशिक्षण नेवाः देय् दबू येँ महानगर समितिका अध्यक्ष शाेभा महर्जन बज्राचार्यले दिएका हुन् ।

येँ महानगर सिमितिका उपाध्यक्ष संयाेजनमा भएकाे उक्त कार्यक्रमकाे समापनमा २२ वडा सिमितिका अध्यक्ष रत्नकाजी महर्जनले सभाअध्यता गरेका हुन् ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता