लकडाउनको समयमा गाउँघर नजान मेयर शाक्यको अनुरोध

लकडाउनको समयमा गाउँघर नजान मेयर शाक्यको अनुरोध

मेट्रो संवाददाता

१ वैशाख २०७७ १४:५९

काठमाडौं । काडमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यबाट नगरवासीहरुलाई आज विक्रम संवत नयाँवर्ष २०७७ सालको उपलक्ष्यमा शुभकामना दिदैं आफ्नै घर परिवारमा सिमित भएर लकडाउनको पालाना गरी नयाँ वर्ष मनाउन अपिल गरेको छ ।

यस्तो विषम परिस्थिमा महानगरवासिमा परेको असुविधाप्रति दुखः ब्यक्त गर्दै मेयर शाक्यले लकडाउनको बेला यस शुभ दिनलाई अन्य सामान्य अवस्थामा जस्तो धुमधामपूर्वक नमनाई सरकारले लागू गरेको लकडाउनको पालना गरी सामान्य तरिकाले मनाउन अनुरोध गरे ।

आजभोली लकडाउन उल्लघंन गरी केही नागरीक गाउँघर फर्कन थालेको कुरा सुन्नमा आएको भन्दै मेयर शाक्यले यो समयमा कसैलाई पनि महानगर छोडेर गाउँघर नफर्कन अनुरोध गरे । कुनै किसिमको समस्या आएको खण्डमा आफू बसेको वडा कार्यलय व महानगरको टोल फ्रि नं. ११८० मा फोन गरी सहयोग लिन सकिने मेयर शाक्यले बताए ।

लकडाउनको समय काठमाडौं महानगरपालिकाले विभिन्न वडा कार्यलयमार्फट राहत वितरण भइरहेको र विरामी अस्पताल लैजान समस्या भएमा महानगरपालिको सहकार्यमा सञ्चालित एम्बुलेन्स सेवको १०२ नं.मा सम्पर्क गर्न सकिन्छ । साथै महानगरवासीको लागि प्रयोगमा ल्याएको कोरोना संक्रम बारे स्वमूल्यांकन गर्न सकिने एप डाउनलोड गरी प्रयोग गर्न सकिने कुरा विज्ञप्तीमा उल्लेख गरिएको छ ।

तरकारी–फलफूल थोक बजार संस्थामा कार्यसमिति निर्बिरोध चयन

काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा अवस्थित केन्द्रिय तरकारी–फलफूल बजारका व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाको ३१औँ वार्षिक साधारण...

३ मंसिर २०८२ १२:४२ |मेट्रो संवाददाता

वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका

काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...

६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता

नेवार र तीज : सांस्कृतिक अनुकूलन, मिडिया प्रभाव र पहिचानको प्रश्न

तीज नेपालमा प्रचलित महिला–केन्द्रित पर्व हो, जसमा शिव–पार्वतीको विवाहकथा, व्रत, र गीत–नृत्य मुख्य अंग छन्। परम्परागत रूपमा यो बाहुन–क्षेत्री...

२६ साउन २०८२ १४:२९ |मेट्रो संवाददाता