लकडाउनमा नेपालभाषा साहित्यकारहरुको जन्मोत्सव

लकडाउनमा नेपालभाषा साहित्यकारहरुको जन्मोत्सव

मेट्रो संवाददाता

२ असार २०७७ ७:५३

विश्वभर महामारीको रुपमा फैलिंदै गएको कोरोना (कोभिद –१९) का कारण नेपालमा गत चैत ११ गते देखि लकडाउन गरिएको छ । स्वास्थ्यको हिसाबले अति नै आवस्यक लकडाउनले विभिन्न क्षेत्रमा अतुलनीय क्षती व्यहोर्नु परेको छ । वषेश गरि उपत्यकाका संस्कृति, संस्कार र साहित्यमा सिधा असर परेको देखिन्छ ।

कोभिद–१९ का कारण उपत्यकाका ऐतिहासिक एवं विभिन्न कालखण्ड देखि चलिआएका महत्वपूर्ण जात्राहरु पनि कोरोना संक्रमण हुने कारणले स्थगित गरियो ।
त्यस्तै नेपालभाषा साहित्य क्षेत्रमा पनि जेठ महिनाको लकडाउनले गर्दा ख्यातिप्राप्त साहित्यकारहरुको जन्मोत्सोवमा असर पारेको छ ।

नेपालभाषाका ख्यातिप्राप्त साहित्यकार कविकशेरी चित्तधर हृदयको १०९ औं जन्मदिन – बछलागा एकादशी (जेठ ५), उपन्यास सम्राट धुस्वां साय्मिको ९० औं जन्मदिन – बछलागा एकादशी (जेठ ५) र कविरत्न सिद्धिचरण श्रेष्ठको १०९ औं जन्मदिन – तछलाथ्व पंचमी (जेठ १५) का दिन कुनै सार्वजनकि कार्यक्रमविना नै मनाइएको छ ।

वर्षेनी महाकवि चित्तधर हृदयको जन्मदिन कालिमातिस्थित वहाँको सालिकमा र युगकवि सिद्धिचरण श्रेष्ठको जन्मदिनमा दफ्टर, झोछेँस्थित सालिकमा माल्यार्पण सहित मनाउँने गरिन्छ । त्यसरी जन्मदिनको अवसरमा विभिन्न साहित्यिक कार्यक्रमहरूपनि गर्दै आइरहेको थियो ।

साहित्यकार द्वय् चित्तधर र सिद्धिचरणले आधुनिक नेपालभाषा साहित्यमा नयाँ धार सहित नेपालभाषा साहित्यलाई नयाँ आयाम प्रदान गरेका थिए ।

वहाँहरू दुबैलाई राणा सरकारले नेपालभाषा साहित्य लेखेको अपराधमा जेलसजाय दिइएको थियो । सिद्धिचरण श्रेष्ठको सवस्र्व हरण गरेको थियो ।

धुस्वां साय्मि नेपालभाषा साहित्यका प्रथम उपन्यासकार हुन् । वहाँका धेरै नेपालभाषाका उपन्यास प्रकाशित भएको छ । नेपालभाषा परिषदले वर्षेनी प्रदान गर्दैआइरहेको ‘चित्तधरसिरपा’ र सिद्धिचरण प्रतिष्ठानको ‘सिद्धिचरण पुरस्कार’ लकडाउनपश्चात विशेष कार्यक्रमसहित प्रदान गरिने भएको छ ।

कविक शेरी चित्तधर ‘हृदय ’ नेसं ११०२, सिद्धिचरण श्रेष्ठ नेसं १११२ र धुस्वां साय्मि नेसं ११२८ मा दिवंगत हुनु भएको हो ।

लाय्कू पाक्षिक (जेठ १६-३२)

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता