मेट्रो संवाददाता
१९ साउन २०७७ २०:५५
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ लाई विधि पुर्याएर घर–घरमै मनाउन आग्रह गरेका छन् ।
यो पर्व एक वर्ष भित्र देहावसान आफन्तको सम्झना र दुःख विर्साउन धुमधामसँग मनाउने चलन भए पनि यस्तो विषम परिस्थितिमा भिडभाड नगरी मनाउन उनले आग्रह गरेका हुन् । ‘यो जात्रा आफूलाई मन पराउने वा आफूले मन पराउने देहावसान आफन्तको पीडा विर्साउने परम्पराका रुपमा मनाउने चलन छ,’ शाक्यले भने, ‘मेरो घरमा मात्रै होइन हरेकका घरमा कोही न कोही देहावसान भएका छन् भनेर देखाइ पीडा कम गर्ने वा दुःख बाँड्ने परम्पराका रुपमा समेत यो जात्रालाई मान्ने गरिएको छ ।’
प्रमुख शाक्यले यस्तो जात्रा विगतका वर्षमा धुमधामसँग मनाउने गरेको स्मरण गराउँदै भने– ‘कोरोनाको कहरले भयावह भएको यस्तो अवस्थामा २५–३० हजार मानिस एकै पटक सडकमा आउँदा नसोचेको संक्रमण फैलिन सक्छ । त्यसैले देहावसान भएका आफन्तहरुको सम्झनामा मनाउँदै आएको गाईजात्रा पर्वलाई यो पटकका लागि विधि पूरा गरेर आ–आफ्नो घरमा मात्रै मनाउन अपिल गर्दछु ।’
उनले यस्तो बेलामा आस्था, विश्वास र परम्परालाई कायम राख्दै जात्रा–पर्व मान्न र जोखिमबाट बच्न पनि आग्रह गरे ‘आफूलाई माया गर्ने र आफूले माया गर्ने व्यक्ति वितेकोमा सबैलाई पीडा अवश्य हुन्छ । तर, यस्तो बेलामा भीडभाडका साथ मनाउँदा जोखिम बढ्न सक्छ यस बारेमा पनि सचेत रहनु होला ।’
यो पर्व भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने चलन छ । यो पर्व आज देशभर सुरु हुँदैछ । राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई पीडा भुलाउन यो पर्वको थालनी गरेको भन्ने परम्परा छ । प्रताप मल्लले रानीलाई दुनियाँले यस्तै पीडा भोग्नुपर्छ भन्ने देखाउन जनतालाई वर्षभरीमा आ–आफ्नो घरका देहावसान भएका मानिसको नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू भनी आज्ञा दिएका आधारमा यो पर्व सुरु भएको ऐतिहासिक कथन छ ।
RECOMENDED News
Latest News
Pinco Online Kazino Azərbaycanda – Sürətli Ödənişlər və Çıxarışlar (Пинко Казино Онлайн)
Pinco Online Kazino Azərbaycanda – Sürətli Ödənişlər və Çıxarışlar (Пинко Казино Онлайн) ▶️ OYNA Содержимое Pinco Casino Azərbaycanda Pinco...
२९ जेठ २०८३ २३:१४ |मेट्रो संवाददाता
तरकारी–फलफूल थोक बजार संस्थामा कार्यसमिति निर्बिरोध चयन
काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा अवस्थित केन्द्रिय तरकारी–फलफूल बजारका व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाको ३१औँ वार्षिक साधारण...
३ मंसिर २०८२ १२:४२ |मेट्रो संवाददाता
वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका
काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...
६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता
नेवार र तीज : सांस्कृतिक अनुकूलन, मिडिया प्रभाव र पहिचानको प्रश्न
तीज नेपालमा प्रचलित महिला–केन्द्रित पर्व हो, जसमा शिव–पार्वतीको विवाहकथा, व्रत, र गीत–नृत्य मुख्य अंग छन्। परम्परागत रूपमा यो बाहुन–क्षेत्री...


