श्री दिगुख्यः गुथिबाट असनमा रक्तदान कार्यक्रम सम्पन्न

श्री दिगुख्यः गुथिबाट असनमा रक्तदान कार्यक्रम सम्पन्न

मेट्रो संवाददाता

१९ जेठ २०७७ १३:२०


श्री दिगुख्यः गुथिको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । विश्वभर फैलिरहेको कोरोना संक्रमणका कारण भइरहेको लकडाउनको कारण रगतको अभाव हुन नदिन आइतबार विहान काठमाडौंको असन दोबाटोमा उक्त रक्तदान कार्यक्रमको अयोजना भएको हो ।

ब्लड डोनर्स एसोसियसन अफ नेपाल (व्लोदान) को इमरजेन्सी डोर टु डोर कार्यक्रमलाई सहयोग गर्न उक्त कार्यक्रम आयोजना गरिएको हो ।

रक्तदान नै जीवन दान हो भन्ने मानवीय भावनालाई अपनाउँदै रक्तदाताहरुले रक्तदान गरे ।

ब्लोदान काठमाडैं जिल्ला सचिव अनिल रत्न तुलाधरको सक्रियतामा श्री दिगुख्यः गुथिका उपाध्यक्ष तारावीर सिंह तुलाधरको संयोजनमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

ब्लोदानबाट आजको यो परिस्थितिमा रक्तदानमा सक्रियता देखाएमा गुथिबाट पच्चीस हजार सहयोग स्वरुप चेक हस्तान्तरण गरिएको थियो ।

रक्तदान एउटा मानवीय भावनालाई अझ उजागर गर्ने आधार समेत भएकोले यो मानव–मानव बीच आ–आफ्नो सदभाव कायम राख्ने काम पनि यसबाट भइररेको छ ।

मानिसको चित्तमा लोक कल्याण भावनालाई उच्चस्थानमा राख्ने काम भइराखेमा मात्र देशमा हितकारी काम गर्न सहयोग हुने आधार भइरहन्छ । साथै यस किसिमको कार्यक्रमले मानिसमा मानवीय भावना प्रकट भई सेवा गर्ने अवसर पनि जुराउने कार्य हुन्छ ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता