मेट्रो संवाददाता
२१ जेठ २०७७ ६:४४
नेवाः देय् दबूको आयोजनमा जेठ १९ गते सोमवार ‘संस्कृत भाषा शिक्षा र मातृभाषा शिक्षा’ विषयक भर्चुअल सम्वाद (वेभिनार) कार्यक्रम अनलाइनबाट सम्पन्न भएको छ ।
भर्चुअल सम्वाद (वेभिनार)मा वक्ताको रुपमा नेवाः देय् दबूको सल्लाहकार डा. पुष्पराज राजकर्णिकार, नेपालभाषा केन्द्रीय विभागका प्रमुख डा.ओमकारेश्वर श्रेष्ठ र नेवाः वस्ती नेवाः स्कुल अभियानका अभियन्ता दिपक तुलाधरहरुले आ–आफ्नो विचार राखे ।
नेवाः वस्ती नेवाः स्कुल अभियानका अभियन्ता दिपक तुलाधरले आफ्नो धारणा राख्ने क्रममा राज्य सत्तामा बस्नेले यो भाषाको कुनै अनुभव नभएको कारणले विस्तारै यसप्रति माया पनि कम हुँदै गएको बताए ।
मातृभाषा शिक्षाको सवालमा शिक्षा मन्त्रालयबाट केहिपनि ध्यान नदिएको भन्दै तुलाधरले भने, ‘मातृभाषा भएका ठाउँमा अनुगमन नभएकोले अब अभिभावकहरुबाट नै कदम चाल्नु पर्ने हुन्छ ।’
नेवाः देय् दबू अध्यक्ष नरेश कुमार ताम्राकारको सभापतित्वमा दबूका महासचिव माइला बाबु द्यःलाले संचालन गरेको उक्त कार्यक्रममा अनार बज्राचार्य, अञ्जिता खडगी, गौरी गौरी उदास उदयपुरबाट, झापाबाट दिनेश शाक्य, सरिता डंगोल लगायतले नेपालभाषाया शिक्षाको बारेमा आफ्नो धारणा प्रस्तुत गरेका थिए । यस वेभिनारमा करीब ५० जनाको सहभागिता थियो ।
RECOMENDED News
Latest News
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


