चार देशका लागि प्रस्तावित नेपाली राजदूतहरूको संसदीय सुनुवाइ सम्पन्न

चार देशका लागि प्रस्तावित नेपाली राजदूतहरूको संसदीय सुनुवाइ सम्पन्न

मेट्रो संवाददाता

१९ भदौ २०८१ १९:१८

प्रस्तावित राजदूतहरू जङ्गबहादुर चौहान, नरेशविक्रम ढकाल, प्रा. डा. कपिलमान श्रेष्ठ, र डा. शिवमाया तुम्बाहाम्फे रहेका छन् ।

काठमाडौँ, १९ भदौ : सङ्घीय संसद् संसदीय सुनुवाइ समितिले रुसी महासङ्घ, साउदी अरब, दक्षिण अफ्रिका, र दक्षिण कोरियाका लागि प्रस्तावित नेपाली राजदूतहरूको सुनुवाइ सम्पन्न गरेको छ। प्रस्तावित राजदूतहरू जङ्गबहादुर चौहान, नरेशविक्रम ढकाल, प्रा. डा. कपिलमान श्रेष्ठ, र डा. शिवमाया तुम्बाहाम्फेले समितिमा आफ्नो शैक्षिक योग्यता, अनुभव, र नेपाल-सम्बन्धित देशबिचको सम्बन्धबारे विस्तृत जानकारी प्रस्तुत गरे।

साउदी अरबका लागि प्रस्तावित राजदूत नरेशविक्रम ढकालले साउदीसँग नेपालको ४६ वर्ष पुरानो कूटनीतिक सम्बन्ध रहेको उल्लेख गर्दै साउदीमा करिब चार लाख नेपाली श्रमिक कार्यरत रहेको बताए। उनले उच्चस्तरीय भ्रमण, श्रम सम्झौता नवीकरण, र दूतावास भवन निर्माणलाई प्राथमिकतामा राखिने जानकारी दिए।

दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत प्रा. डा. कपिलमान श्रेष्ठले नेपाल र दक्षिण अफ्रिकाबिचको सम्बन्धलाई थप सुदृढ बनाउन उच्चस्तरीय भ्रमण, पर्यटन प्रवर्द्धन, र लगानीका सम्भावित क्षेत्रहरू पहिचान गर्ने बताए।

दक्षिण कोरियाका लागि प्रस्तावित राजदूत डा. शिवमाया तुम्बाहाम्फेले नेपाल-कोरिया सम्बन्धको महत्त्वलाई उजागर गर्दै दक्षिण कोरियामा ६९ हजार भन्दा बढी नेपाली श्रमिक कार्यरत रहेको जानकारी दिइन्। उनले कोरियाले नेपालमा जलविद्युत्, निर्माण, र सेवाका क्षेत्रमा लगानी गर्न चासो देखाएको बताइन्।

अन्य प्रस्तावित राजदूतहरूको सुनुवाइ आगामी केही दिनभित्रै सम्पन्न हुने समितिले जनाएको छ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता