‘अब त अत्ति भो’ आन्दोलनका ५ बुँदे माग

‘अब त अत्ति भो’ आन्दोलनका ५ बुँदे माग

मेट्रो संवाददाता

२९ जेठ २०७७ २२:४९

२९ जेठ, काठमाडाैं । सामाजिक सञ्जालमा फेशबुक ग्रुपबाट सुरु भएको स्वतन्त्र आन्दोलन तेस्रो दिनमै देशभरी फैलिएको छ ।
Covid-19 Nepal: Enough Is Enough! नामको ग्रुपबाट शुरु भएको आन्दोलन देशभरी फैलिएपछि आन्दोलनका शुरुवातकर्ताहरुले एक्यबद्धता पत्र जारी गरेका छन् ।

सरकारलको प्राथमिकतामा कोरोना संकट समाधान पर्नुको साटो अपारदर्शी र गैरजीम्मेवार गतिविधिविरुद्ध स्वस्फूर्त, नागरिकस्तरको, गैरदलीय शान्तिपूर्ण प्रदर्शनको आज तेस्रो दिन पुगेको एक्यबद्धता पत्रमा भनिएको छ ।

महामारिले आहत भैरहेका नागरिकहरु भोकसँग लडिरहेका बेला देशको मुल नेतृत्व पंक्तिकारहरु भ्रम छर्न, झुटो सूचना बाँड्न र एकअर्कामा घृणित दोषारोपण गरेर असली जिम्मेवारीबाट दिनानुदिन पन्छिरहेको स्थितिले निराशा थपेको कुरा आज जारी भएको एक्यबद्धता पत्रमा भनिएको छ ।

अहिंशा, भौतिक दुरि र सुरक्षित आवागमन जस्ता मुल्यमान्यतामा प्रतिबद्ध रहन आग्रह गर्दै पछिल्लो ३६ घण्टामा धनगढी, पोखरा, बिराटनगर, सुर्खेत, चितवन लगायत विभिन्न स्थानमा र काठमाण्डौँ उपत्यकाका दर्जनौँ स्थानमा स्वस्फूर्त प्रदर्शनहरु भएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

विज्ञप्तीमा यस्तो अभूतपूर्व शान्तिपूर्ण प्रदर्शनमा सरकारका तर्फबाट भएको नियोजित दमन र प्रहरिले प्रतिकृयात्मक उत्तेजना फैलाउने हेतु पानीको फोहरा, लाठि र अश्रुग्यासको प्रयोग गरेकोमा खेद व्यक्त गरिएको छ ।

साथै सरकारलाई प्रदर्शनकारीहरुले संघीय गणतन्त्र नेपालका हरेक नागरिकको शान्तिपूर्वक भेला हुने वाकस्वतन्त्रताको मौलिक हकको सम्मान गर्न आग्रह गरेको छ ।

प्रदर्शनकारीका ५ मुख्य मागहरु निम्न बमोजिम छन्

  • १००% पिसिआर टेस्ट गराउनुपर्ने र टेस्टको दायरा बढाउनुपर्ने ।
  • क्वारेन्टाईन मृत्युशैया बनेका छन्, भाईरस संक्रमणका केन्द्रबिन्दु बनेका छन् त्यसैले तत्काल क्वारेन्टाईनको गुणस्तर सुधार गर्नुपर्ने ।
  • मेडिकल क्षमता विस्तार गर्नुकासाथै, अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मिक‍ो स्वास्थ्य सुरक्षा र स्वाभिमानको सुनिश्चितता गर्नुपर्ने ।
  • कोरोना नियन्त्रणमा खर्च गरिएको भनिएको १० अर्बको विषयगत र स्पष्ट पारदर्शिता सार्वजनिक गर्नुपर्ने ।
  • असक्षम र अकर्मण्य सरकार जाग र नागरिकको जीवन रक्षा गर १ जवाफदेहिता कायम गर ।

प्रदर्शनकारी समूहले विज्ञप्तीमार्फत स्वतन्त्र, सचेत युवाहरुलाई स्वस्फूर्त आआफ्नो गाँउ शहरक‍ो चोकमा शान्तिपूर्वक, भौतिक दुरि पालना गरेर सरकारलाई जवाफदेही बनाउने अभियानमा सहभागि हुन आव्हाहन पनि गरिएको छ ।

फाेटाे फिचर : http://192.168.8.13/metro2/?p=1365

तरकारी–फलफूल थोक बजार संस्थामा कार्यसमिति निर्बिरोध चयन

काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा अवस्थित केन्द्रिय तरकारी–फलफूल बजारका व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाको ३१औँ वार्षिक साधारण...

३ मंसिर २०८२ १२:४२ |मेट्रो संवाददाता

वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका

काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...

६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता

नेवार र तीज : सांस्कृतिक अनुकूलन, मिडिया प्रभाव र पहिचानको प्रश्न

तीज नेपालमा प्रचलित महिला–केन्द्रित पर्व हो, जसमा शिव–पार्वतीको विवाहकथा, व्रत, र गीत–नृत्य मुख्य अंग छन्। परम्परागत रूपमा यो बाहुन–क्षेत्री...

२६ साउन २०८२ १४:२९ |मेट्रो संवाददाता