दलित समुदायले आर्थिक न्यायको माग गर्दै माइतीघरमा प्रदर्शन

दलित समुदायले आर्थिक न्यायको माग गर्दै माइतीघरमा प्रदर्शन

मेट्रो संवाददाता

९ असोज २०८१ १८:४८

 

काठमाडौँ : आर्थिक न्याय र सामाजिक सुरक्षाको माग गर्दै दलित नागरिक समाजले राजधानीको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ। प्रदर्शनमा दलित समुदायलाई आर्थिक रूपमा सबल बनाउन राज्यले प्रभावकारी नीति ल्याउनुपर्ने माग राखिएको थियो।

‘एशिया दलित अधिकार मञ्च’ को अगुवाइमा भएको यस प्रदर्शनमा, मञ्चका महासचिव भक्त विश्वकर्माले आर्थिक समानता बिना सामाजिक न्याय असम्भव रहेको बताए। उनले सामाजिक सुरक्षा, स्वास्थ्य सेवा, र वातावरणीय न्यायमा दलित समुदायले अझै पनि विभेद झेल्नुपरेको भन्दै अधिकारका लागि एकीकृत आन्दोलनको आवश्यकता रहेको बताए।

प्रदर्शनमा जागरण मिडिया सेन्टरकी अध्यक्ष कमला विश्वकर्मा, दलित सेवा संघका सञ्जुसिंह विश्वकर्मा, र दलित महिला केन्द्रकी अध्यक्ष लक्ष्मी परियारलगायतका वक्ताहरुले आ-आफ्नो धारणा राख्दै राज्यको ध्यानाकर्षण गराए।

प्रदर्शनकारीहरूले जातीय विभेद अन्त्य, सामाजिक सुरक्षा, स्वास्थ्य अधिकार, र खाद्य संकट समाधानका लागि तुरुन्त कदम चाल्नुपर्ने माग गरेका थिए। उनीहरूले ब्यानर र प्लेकार्डमार्फत आर्थिक न्याय बिना सामाजिक न्यायको सम्भावना नरहेको सन्देश दिएका थिए।

यस प्रदर्शनमा एशिया दलित अधिकार मञ्चका साथै गैरसरकारी संस्था महासंघ, दलित गैरसरकारी संस्था महासंघ, समता फाउन्डेशनलगायतका संघसंस्थाले एक्यबद्धता जनाएका थिए।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता